प्रधानमन्त्रीबाट 'तस्बिरमा तनहुँ' शुभारम्भ


इ तनहुँ संवाददाता
तनहुँ पुस २३
तनहुँ जिल्लाभित्र प्रचारप्रसारको अभावमा पछाडि परेका ऐतिहासिक धार्मिक सांस्कृतिक साहित्यिक तथा पर्यटकीय सम्भावना बोकेका स्थान तथा सम्पदालाई तस्विरका माध्यमद्वारा प्रचार प्रसार गर्ने उद्देश्यका साथ साचालन गर्न लागिएको 'तस्बिरमा तनहु' अभियानको शुक्रबार प्रधानमन्त्री डा। बाबुराम भट्टराईले शुभारम्भ गरेका छन् । फोटो पत्रकार महासंघ तनहुँ शाखाले साचालन गर्न उक्त अभियानको शुक्रबार प्रधानमन्त्री डा। बाबुराम भट्टराईले जिल्लाका संचारकर्मीहरुको तस्बिर खिची शुभारम्भ गरेका हुन् ।

तनहुँ जिल्लाका ४६ वटै गाउँ विकास समिति र व्यास नगरपालिकाभित्र प्रचार प्रसारको अभावका कारण ओझेलमा परेका स्थान तथा सम्पदाहरुको तस्विरका माध्यमद्वारा तनहुँ जिल्लालाई चिनाउने उद्देश्यका साथ 'तस्विरमा तनहुँ' अभियान चलाउन लागिएको अध्यक्ष नारायण खड्काले बताए ।

जिल्लाका प्रत्येक गाउँ विकास समिति पर्यटन विकास समितिका पदाधिकारी एवं स्थानीय बासिन्दाहरुको समन्वयमा त्यस गाविसमा रहेका ऐतिहासिक धार्मिक सांस्कृतिक साहित्यिक तथा पर्यटकीय स्थलहरुको खोजी गरी तस्विर मार्फत प्रचार प्रसार गर्ने तथा सबै गाविसहरुबाट तस्विरहरु संकलन पश्चात 'तस्विरमा तनहुँ' नामक पुस्तक प्रकाशन गरिने शाखा कोषाध्यक्ष कृष्ण न्यौपानेले बताए ।

0 comments

Write Down Your Responses