उच्चस्तरीय सूचना प्रविधि आयोग खारेज
काठमाडौं, मंसिर, २६
। सरकारले उच्चस्तरीय
सूचना प्रविधि आयोग खारेज गरेको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको
बैठकले आयोगलाई खारेज गर्दै विज्ञान तथा प्रविधि मन्त्रालयमा छुट्टै शाखा
खोल्ने निर्णय गरेको छ ।
मन्त्रालयलाई हस्तक्षेप गरेको भन्दै
विज्ञानमन्त्री कल्पना धमलाले आयोग खारेजको प्रस्ताव लैजानु भएको थियो ।
आयोगको अध्यक्ष प्रधानमन्त्री र विज्ञानमन्त्री सहअध्यक्ष हुनुहुन्छ ।
मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको
सुरक्षा तथा क्षमता अभिबृद्धिका लागि चीन सरकारले दिन लागेको १३ करोड १४
लाख सहयोग स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं
परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो । बैठकले
कृषि अनुसन्धान परिषद्ले कार्यकारी निर्देशक दिलबहादुर गुरुङलाई नियुक्त
गरेको छ ।
0 comments
Write Down Your Responses