गठबन्धन संकटमै परेको हो त ?
काठमाडौं, मंसिर २६ । राष्ट्रिय सहमतिको सरकार गठनको चर्चा चलिरहेको बेला सत्तारुढ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले चारबुँदे सहमति कार्यान्वयन नभएको भन्दै सरकारबाट हट्ने धम्की दिएको छ ।
मोर्चामा आवद्ध पाँच दलका शीर्ष नेताहरुले सोमबार बिहान प्रधानमन्त्री डा. बाबुृराम भट्टराईसहित माओवादी शीर्ष नेताहरुलाई भेटी सहमति कार्यान्वयन नभएको आपत्ति जनाएका छन् । मोर्चाले सेनामा मधेसी युवाहरुको समूहगत प्रवेश, मधेस आन्दोलनका क्रममा लागेका मुद्धा फिर्ता, नागरिकता वितरण लगायतका सहमति कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्री र माओवादी नेतृत्वलाई पुष १ गतेसम्मको अल्टिमेटम दिएको छ ।
‘चारबुँदे सहमति कार्यान्वयन गर्न माओवादीले आनाकानी गरेको अवस्थामा सरकारमा रहने नरहनेबरे मोर्चाबीच गम्भीर बहस चलेको छ’ सञ्चारमन्त्री समेत रहेका फोरम गणतान्त्रिकका अध्यक्ष जयप्रकाश प्रसाद गुप्ताले भन्नुभयो-’माओवादी इमान्दार नभएकोले अब गठबन्धन संकटमा परेको भन्ने हाम्रो निष्कर्ष हो ।’ बैठकमा मोर्चाका नेताहरुले मंसिर १४ को खड्को टार्न मात्र मोर्चासँग सहमति गरेको भन्ने प्रधानमन्त्रीको भनाई प्रति पनि आपत्ति जनाएको छ ।
गच्छदारसँग पनि असन्तुष्ट
फोरम गणतान्त्रिक, सद्भावना पार्टी लगायतका नेताहरु मोर्चामै आवद्ध फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग पनि असन्तुष्ट छन् । रक्षा र गृह मन्त्रालय सम्हालेका गच्छदारले पनि चारबुँदे सहमति कार्यान्वयन भन्दा सत्तालाई प्राथमिकता दिएको उनीहरुको आरोप छ ।
‘चारबुँदे कार्यान्वयन गर्ने ठाउँमा त गच्छदार जी हुनुहुन्छ । तर, उहाँले गरिरहनु भएको छैन’ सद्भावना पार्टीका एक नेताले भने-’यसमा गच्छदार जी नै दोषी हुनुहुन्छ ।’ उनीहरुले अब बस्ने मोर्चाको बैठकमा यसबारे गम्भीर कुरा उठाउने बताएका छन् । स्रोतका अनुसार फोरम गणतान्त्रिक, सद्भावना पार्टी लगायतका नेताहरुले गच्छदारलाई चारबुँदे सहमति कार्यान्वयन गर्न पटक-पटक ध्यानाकर्षण गराएइसकेका छन् ।
मोर्चामा दोहोरो डर
पहिले प्रधानमन्त्री हुने बेला प्रधानमन्त्री भट्टराईलाई कांग्रेस र एमाले भन्दा मोर्चाकै साथ चाहिएको थियो । कांग्रेस र एमालेले कुनैपनि हालतमा साथ नदिने भएकाले नै उबेला उहाँले मोर्चासित हात लम्काउनुभयो । ‘अहिले राष्ट्रिय सहमतिको सरकार बनाउने बेला जसरी पनि कांग्रेस र एमालेलाई खुशी बनाउनुपर्ने भएकाले उहाँलाई मोर्चासितको सम्बन्ध आवश्यक महसुस भएको छैन’ राजनीतिक विश्लेषक तुलानारायण साहले भन्नुभयो -’मोर्चा बिना पनि सहमतीय सरकार बन्छ भन्ने भ्रममा उहाँ हुनुहुन्छ ।’ चारबुँदे सहमति पनि कार्यान्वयन नभएको र मोर्चामा भन्दा बढ्दा ध्यान अरु दलहरुतिर गएकाले मोर्चाका घटक सशंकित भएका उहाँको भनाई छ ।
त्यसो त आफ्नै पार्टीको बैद्य पक्ष, एमाले, कांग्रेस लगायतका दलहरुले चारबँुदेको व्यापक बिरोध गरेपछि प्रधानमन्त्री अप्ठेरोमा पर्नुभएको छ । प्रधानमन्त्रीले आफूहरुलाई वास्ता नगरेर अरु दलतिर ध्यान दिएको भन्ने मोर्चाको गुनासो एकातिर छँदैछ । अर्कोतिर सहमतिको अन्तिम बुँदामा उल्लेख भएको समावेशी विधेयक, सेनामा सामुहिक प्रवेश लगायत मधेस केन्दि्रत मुद्दामा प्रगति नहुँदा मोर्चालाई अर्को डर छ । ‘यी बुँदा सम्बोधन नभए चुनावमा कसरी जाने र मधेसका जनतालाई विश्वास दिलाउने भन्ने चिन्ता मोर्चालाई छ’ साहले भन्नुभयो-’त्यसैले मोर्चाले अहिले सहमति कार्यान्वयनम जोड दिएको हुनसक्छ ।’

0 comments
Write Down Your Responses