'जातीय विभेदबाटै घटना श्रृजित ':इन्सेक
तनहुँ पुस १४
सार्वजनिक धारामा गैर दलितको गाग्री छोएको भन्दै गत आइतबार तनहुँको घाँसिकुवा १ नाहालामा २७ वर्षिय माया विश्वकर्मामाथी भएको कुटपीटको घटना जातीय विभेदकबाटै श्रृजित भएको इन्सेकले प्रतिवेदन सार्वजनिक गरेको छ । इन्सेकको अगुवाईमा बुधबार घटनाको अनुगमन गरेका मानवअधिकारवादी संघ संस्थाले बिहीबार दमौलीमा पत्रकार सम्मेलन मार्फत घटनाको प्रतिवेदन सार्वजनिक गरेका हुन ।
'घटना जातीय विभेदकै कारणले श्रृजित भएको पाइयो ।' इन्सेक जिल्ला संयोजक सबनम शर्माले भनिन 'स्थानीय समाजले समेत पीडितलाई असहयोग गरेका छन् ।' कुटपीटबाट सख्त घाइते भएकी माया विश्वकर्मालाई स्थानीय बासिन्दाले उपचारका लागि अस्पताल नल्याउनुले नै स्थानीय समाजले असहयोग गरेको प्रष्ट भएको उनले बताइन् । शर्माले भनिन, 'घटनाको भोलिपल्ट मायाको १० वर्षिय छोराले हजुरआमालाई फोन गरेपछि मायाले बल्ल उपचार पाइन् ।'
तनहुँकै खैरेनीटारबाट मायाकी आमा भीममाया विक र बहिनी रुपा विक नाहाला पुगेर उनलाई घटनाको २० घण्टा पछि उपचारका लागि अस्पताल ल्याएका थिए । कुटपीटबाट देब्रे हात गर्धन र घाँटीमा चोट लागेको मायाको दमौली स्थित रत्नहरी मेमोरियल अस्पतालमा उपचार भईरहेको छ । उनको स्वास्थ्य सुधार भईरहेको अस्पतालले जनाएको छ ।
मायामाथी भएको कुटपीटको घटनाले जातीय विभेद र छुवाछुत समाजमा अझै कायम रहेको देखिएको अनुगमनमा संलग्न इन्सेक प्रतिनिधी प्रकाशचन्द्र भट्टराईले बताए । 'कुटपीटमा संलग्नलाई कारर्वाही हुनुपर्छ ।' उनले भने, 'घाइतेले उपचार र क्षतीपुर्ती समेत पाउनुपर्छ ।' नेवार समुदायको बस्तीको बिचमा एउटा घरमा डेरामा बस्दै आएकी मायालाई यसअघि पनि छिमेकीले गाग्री फालिदिने गरेको अनुगमनबाट खुलेको छ। उनले भने, 'गाउँलेले धाराको पानी छोइयो भन्दै कराउन थालेपछि मायाको छोरा समेत धारामा जान छाडेको रहेछ ।'
मायामाथी कुटपीटमा संलग्न अचित श्रेष्ठ र उनकी छोरी आराधना श्रेष्ठलाई प्रहरीले सोमबार पक्राउ गरी थप अनुसन्धानका लागि तनहुँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाले भने मायाले स्थानीय एक महिलासंगको झगडाका कारण उत्पन्न विवादमा अजित र उनको परिवारलाई जातीय छुवाछुतमा लगेर जोडेको आरोप लगाएका छन् ।
समुन्द्र पौडेल
1 comments
Write Down Your Responses
November 15, 2014 at 8:25 AM
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन