व्यासको दर्शन गर्न राज्यमन्त्रीको दमौलीमा बास
![]() |
व्यास अन्न क्षेत्रका संरक्षक दामोदर बाबाको हातबाट शनिवार टिका ग्रहण गर्दै वन राज्यमन्त्री लक्ष्मण महतो । |
समुन्द्र पौडेल
तनहुँ, मंसिर २४
महाभारतका रचयिता बेदव्यासको जन्मस्थल घुम्नकै लागि वन राज्यमन्त्री लक्ष्मण महतो शुक्रबार तनहुँमा बास बसेका छन् । आइतबार पोखरामा हुने एक कार्यक्रममा सहभागी हुने शिलशिलामा सपरिवार शुक्रबार साँझ दमौली आइपुगेका उनले शनिवार बिहानभर बेदव्यास क्षेत्रको दर्शनमै व्यस्त रहेका थिए ।
'व्यासको दर्शन गर्न काठमाण्डौबाटै जिज्ञासा राखिरहेको थिए ।' उनले भने, 'दर्शनकै लागि शुक्रबार दमौलीमा बाँस बास्यौ ।'
सदरमुकाम दमौलीदेखी निकै टाढा सोचेर आएका उनीहरु आइतबार बिहानै
![]() |
शनिवार बिहान व्यास गुफाको अवलोकन गर्दै वन राज्यमन्त्री लक्ष्मण महतो । |
'व्यास क्षेत्रको प्रचार प्रसार गर्नु पर्ने रहेछ ।' अवलोकन पश्चात उनले भने, 'व्यासको बारेमा थाहा पाएकाले बाटो पर्दा दर्शन गर्न आएको हुँ ।' राज्य मन्त्री दम्पतीले व्यास मन्दिर परिसरमा टिका र प्रसाद समेत ग्रहण गरेका थिए । व्यास क्षेत्रको अवलोकनको क्रममा राज्य मन्त्री महतोले वेदव्यास र व्यास क्षेत्रको बारेमा चासो राखेका थिए । राज्यमन्त्री महतो शनिवार दिँउसो पोखरातर्फ लागेका थिए ।
![]() |
व्यास अन्न क्षेत्रमा संचालन गरिएको गौशालाको दुध पिउँदै वन राज्यमन्त्री लक्ष्मण महतो । |
0 comments
Write Down Your Responses