तनहुँको गाउँमा रमाउँदै फिनल्याण्डकी मन्त्री (फोटो फिचर)



५ दिने नेपाल भ्रमणमा आएकी फिनल्याण्डकी अन्तराष्ट्रिय विकास मन्त्री हेडी हाउतला शनिवार तनहुँको थप्रेक गाविस पुगेकी छिन् । मकै म खानेपानी परियोजनाको अनुगमन गर्न थप्रेक पुगेकी उनले थप्रेकमा नेपाली महिलाको जीवनशैली गुरुङ समुदायको संस्कारसंगै नाचगानलाई चाँख मानेर अवलोकन गरिन् । नेपाली महिलाले डोकोमा पानी बोकेको देखेपछि डोकोमा पानी बोक्न कसिएकी फिनल्याडकी मन्त्री हाउतला थप्रेकमा जातो पिस्ने
र आरन चलाउने जस्ता काम गरेर नेपाली जीवन शैलीको अनुभव बटुलिन् । फिनल्याण्ड सरकारको सहयोगमा निर्माण भएको परियोजनाको उद्घाटन संगै नेपालका वनको अवस्था बारे अध्ययन गर्ने परियोजनाका लागि नेपाल आएकी फिनल्याण्डकी अन्तराष्ट्रिय विकास मन्त्रीसगै थप्रेक पुगेका समुन्द्र पौडेल र कृष्ण न्यौपानेले खिचेका केही फोटोहरु ।


Blogger: www.etanahun.com - Edit Post "तनहुँको गाउँमा रमाउँदै फिनल्याण्डकी मन्त्री (फोटो ..."
तनहुँ थप्रेक स्थानीय बासिन्दासंग छलफल गर्दै फिनल्याण्डकी अन्तराष्ट्रिय  विकास मन्त्री हेडी हाउतला संगै अन्य सहभागी ।



जातो पिस्दै फिनल्याण्डकी अन्तरािष्ट्रय विकास मन्त्री हेडी हाउतला ।




गुरुड भेषभुषामा सजिएकी एक बालिका फिनल्याण्डकी अन्तरािष्ट्रय विकास मन्त्री हेडी हाउतलालाई फूलमाला लगाइ दिदै ।

फिनल्याण्डकी अन्तराष्ट्रिय विकास मन्त्री हेडी हाउतलालाई सुन्तलाको माला लगाईदिदै एक स्थानीय महिला ।

पन्चे बाजाको तालमा नाच्दै फिनल्याण्डकी अन्तरािष्ट्रय विकास मन्त्री हेडी हाउतला ।

थप्रेक स्थित एक प्राथमिक विद्यालयको भौतिक अवस्था अबलोकन गर्दै फिनल्याण्डकी अन्तरािष्ट्रय विकास मन्त्री हेडी हाउतला ।

ग्रामणि सडकमा हिड्दै फिनल्याण्डकी अन्तरािष्ट्रय विकास मन्त्री हेडी हाउतला ।

गाग्री सहितको डोको बोक्न खोज्दै फिनल्याण्डकी अन्तरािष्ट्रय विकास मन्त्री हेडी हाउतला ।

0 comments

Write Down Your Responses