वेलायतमा नेपाली विद्यार्थी लुटिने क्रम बढ्दो
अमर कंडेल
लण्डन, मंसिर १४
वेलायतमा नेपाली विद्यार्थी विद्यार्थीहरु लुटिने क्रम बढ्दै गएको छ । अफि्रकन मुलका लगायत वेलायतकै बेरोजगार युवाहरु व्यवशायिक रुपमै लुट्ने काममा लागि परेपछि नेपालीहरु पनि यसको शिकार हुदै आएको हो ।
सबैभन्दा बढी लण्डनमा बढि विद्यार्थीहरु लुटिने र कुटिने घटना बढी रहेको छ । लण्डनको लण्डनमा दैनिक एक भन्दा बढि नेपाली लुटिदै आएका छन् । केही दिन अघि मात्र काठमाण्डौका दिनेश खतिवडा इलफोर्डमा राति श्रीमीलाई बस स्टाण्डमा लिन जादा अफि्रकनहरुले उनीवाट मोवाइल र नगद लुटेका थिए । लुटेराहरुले उनीलाई कुटपिट समेत गरेका थिए । कुटपिट खतिवडा सामान्य घाईते भएका छन् । घटना भएको केही वेरमा प्रहरी आएता पनि लुटेराहरु पक्रन सकेको थिएन । यो त एउटा उदाहरण मात्र हो यस्ता लुटिने र कुटिने घटना धेरै बढ्दै गएको पिडीत खतिवडाले बताए । वेलायत सरकारले २००९ मा टायर फोर प्रणालीमा भिसा जारी गरेपछि वेलायतमा नेपाली विद्यार्थीहरुको संख्यामा बृद्धि भएको छ । वेलायतमा आईफोन लगायत महंगा मोवाईल लगायतका सामानहरु खल्तिमै हुने भएकोले पनि लुटेराहरुलाई लुट्न सजिलो भएको छ । पाल्पा घर भएका विवेक रानाको पनि गि्रनविइच भन्ने ठाउबाट एउटा आईफोन र केही नगद लुटेराहरुले लुटेर लगेको थियो । यसरी दैनिक रुपमा लुटपाटको घटना बृद्धि भएपछि यहाँका स्थानिय प्रहरीले राति अवेर हिड्ने वेला मंहगा सामानहरु लिएर नहिड्न सुझाव दिएको छ । उनीहरुले यदि लुटेराहरुले लुट्न आएमा आफुसंग भएको सामान दिएर ज्यान जोगाउन अनुरोध समेत गरेका छन् । लामो समय देखि वेलायत बस्दै आउनुभएका श्रीष घलेले हालैका दिनहरुमा यस्ता लुटपाटका घटना बढ्दै गएको बताए । उनका अनुसार वेलायतमा आर्थिक मन्दि र वेरोजगारीको दर बढ्दै गएको यस्तो घटना वृद्धि भएको बताउछन् । वेलायतको गृह मन्त्रालयले पनि अहिले वेलायतमा अपराधको घटनाहरुमा बृद्धि भएको स्विकार गरिसकेको छ ।
0 comments
Write Down Your Responses