सहमतिको सरकारका लागि प्रधानमन्त्रीले राजीनामा दिनु पर्छः एमाले
९ मंसिर, काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सहमतिको सरकार गठनका लागि प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने ठहर गरको छ । पार्टी मुख्यालय बल्खुमा शुक्रबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले सातबुँदे सहमतिसँगै वर्तमान सरकार काम चलाउ भएको भन्दै राष्ट्रिय सहमतिको सरकार गठनका लागि प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने निष्कर्ष निकालेको हो ।
बैठकले पारित गरेको तत्कालिन विषयसँग सम्वन्धित अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रस्तावमा सातबुँदेसँगै सरकार गठनका क्रममा माओवादी र मधेसी मोर्चाबीच भएको चारबुँदे सहमतिको औचित्यसमाप्त भइसकेको उल्लेख छ । बैठकले दलहरुसँग सहमति नै नगरि भारतसँग गरिएको बिपा सम्झौता राष्ट्रघाती भएको ठहर गरेको छ ।
0 comments
Write Down Your Responses