सन २०१२ बाट टोलीको कार्यक्रम अन्त्य हुने
पवन पौडेल
तनहुँ कात्र्तिक ३० ।
तनहुँमा कार्यक्रम सन्चालन गरिरहेकेा टोली संस्थाको कार्यक्रम सन २०१२ बाट अन्त्य हुने भएकेा छ । जिल्लामा बालिकाको लागि शुरक्षित वातावरण कार्यक्रम सन्चालन सन्चालन गरिरहेको सो संस्थाको कार्यक्रम अब पश्चिमान्चलको बाग्लुङ जिल्लामा मात्र कार्यान्वयनमा आउने आज दमौलीमा आयोजित सरोकारवालासंगको अन्र्तकि्रया कार्यक्रममा सो जानकारी दिइएको हो ।
कार्यक्रममा बोल्दै टोलीकी कार्यक्रम संयोजक काशि गुरुङले तनहुँमा विक्रम संवत २०५७ सालदेखि कार्यान्वयनमा आएकेा कार्यक्रम २ बर्षाका लागि भनिएपनि राम्रो प्रतिफल प्राप्त भएका कारण ११ बर्षसम्म सन्चालन भएको जानकारी दिनुभयो । संस्थाले व्यास नगरपालिका सहित तनहुँका ४ गाविसका १६ विद्यालयमा बालिकाको हितमा कार्यक्रम सन्चालन गरिरहेको छ । कार्यक्रम संयोजक गुरुङले कार्यक्रम सन्चालन अवधिमा संस्थाले बालिकामाथि हुने दुव्यवहार रोक्नका लागि राखिएको लक्ष्य ९० प्रतिशतभन्दा बढी पुरा भएका कारण पनि कार्यक्रम अन्त्य हुन लागेको बताउनुभयो । बालबालिकाको क्षेत्रमा कि्रयाशिल अन्तराष्ट्रिय दातृसंस्था सेभ द चिल्ड्रेनले पनि केही जिल्लामा नमुना कार्यक्रम सन्चालन गर्न लागेका कारण पश्चिमान्चलमा बाग्लुङ र कपिलवस्तु जिल्लामा कार्यक्रमहरु केन्द्रित हुन लागेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै तनहुँका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पौडेलले कार्यक्रमको अन्त्य भएपछि पनि स्थानिय तबरबाट भएपनि अहिले भैरहेकेा संयन्त्रमार्फत काम गर्ने वातावरण संस्थाले मिलाउनु आवश्यक रहेको बताउनुभयो ।
तनहुँका प्रहरी प्रमुख गौतमराज कट्टेलले संस्थाले कार्यक्रम छाड्नुअघि राम्रो व्यवस्थापन गरेर छाड्ने हो भने कार्यक्रम अन्त्य भएपछि पनि पहिलेजत्तिकै काम हुनसक्ने धारणा राख्नुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला विकास समिति तनहुँका कार्यक्रम अधिकृत ऋषिभक्त वाग्लेजिल्ला बाल कल्याण अधिकारी सरिता कार्किसेतो गुराँस बाल विकास सेवाका अध्यक्ष रामनाथ भट्टराईरिसेडका कार्यक्रम संयोजक मदन पौडेलपत्रकार समुन्द्र पौडेल लगायतले गैरसरकारी संस्थाले स्थानिय निकायसंग समन्वय गरेर विकास कार्यक्रम सन्चालन गर्न सके कार्यक्रमको दिगोपना रहने धारणा राख्नुभयो ।
0 comments
Write Down Your Responses