राष्ट्रिय औद्योगिक प्रदर्शनिका स्टल बुकिङ तिब्र

इ तनहुँ संवाददाता
चितवन मंसिर ४
आउदो मंसिर २२ गतेदेखि भरतपूरमा साचालन हुने राष्ट्रिय अौधोगिक प्रदर्शनीका लागि स्टल बुकिङ कार्य अन्तीम चरणमा पुगेको चितवन उद्योग संघले जानकारि दिएको छ । मेलामा करिब ३ सय वटा स्टलहरु रहनेछन् । जसमध्ये २ सय ५० भन्दा बढि स्टलहरु दर्ता भैसकेका छन् । संघका अध्यक्ष कृष्ण अधिकारीका अनुसार स्टल बुकिङको काम ३ दिन भित्र सकिनेछ ।
पुस ४ गतेसम्म साचालन हुने प्रदर्शनीमा मुख्यत नयाँ-नयाँ उत्पादनका स्टलहरु दर्शकका लागि आकर्षण रहने आयोजकले दाबी गरेको छ । प्रदर्शनीमा ४० वटा स्टलहरु रहने आईटी परिसरनै राखिने भएको छ ।
चितवन उद्योग संघ र क्यान नारायणीबिच आज भएको बैठकले क्यान नारायणी सह-आयोजक रहने गरि आईटि परिसर छुट्टै साचालन गर्ने निर्णय गरेको हो । यसैगरि प्रदर्शनी सफल बनाउन कला तथा संस्कृती व्यवस्थापन समितिको बैठक बसेको छ ।
आइतबार दिउसो बसेको बैठकले राष्ट्रिय कलाकार ल्याउने बिषयमा छलफल गरेको संयो जक युवराज पौडेलले बताउनुभयो । कृषी परिसर साचालनका लागि आजै सरोकारवालाहरुबिच छलफल भएको छ । छलफलमा जिल्ला कृषि विकास कार्यालयका प्रमुख जगन्नाथ तिवारी संयोजक टिकाराम पोखरेल जिल्ला पशुसेवा कार्यालयको प्रमुख बिष्णु कुमार श्रेष्ठ केरा व्यवसायी संघका खेम दवाडि लगाएतको उपस्थिति थियो ।

0 comments

Write Down Your Responses