ढुवानी खर्च नपाएर मजदुर मर्कामा

इतनहुँ संवाददाता
लमजुङ मंसिर ६
एनसेल मोबाइलको टाबर निर्माण पश्चात बाँकी समाग्री लिएर मनाङबाट फर्किएका मजदुरहरु ढुवानी खर्च नपाएर मर्कामा परेका छन् ।
९५ हजार रुपैयाँमा चामेबाट च्याम्चे सम्म समान ढुवानी गर्ने संझौता गरेपनि कम्पनीका प्रतिनिधीले ५५ हजार रुपैया मात्र भुक्तानी दिई फरार
भएको मजदुर सुक बहादुर गैरेले बताए । एनसेलले दशैँ अगाडी नै चामेमा एनसेलको टावर जडान गरेको हो ।
१३ मजदुरले चार दिन लगाएर मनाङ सदरमुकाम चामेबाट च्याम्चे सम्म बाँकी समान बोकेका ल्याएको उनले बताए । बेसीशहरमा आएर बाँकी रकम दिने आश्वासन दिएका एनसेलका प्रतिनिधीले सोमबार राती नै गाडीमा समान लिएर भागेपछि मजदुर चिन्तित भएका छन् । एनसेलका प्रतिनिधीले सम्झौता अनुसार रकम नदिई भागेको भन्दै मजदुरहरु चामे प्रहरीलाई उजुरी दिने तयारी गरेका छन् ।

0 comments

Write Down Your Responses