पेशागत महासंघ तनहुँको अधिवेशन सम्पन्न
इ तनहुँ संवाददाता
तनहुँ, १५ वैशाख
पेशागत महासंघ जिल्ला समन्वय समिति तनहुँको दोस्रो जिल्ला अधिवेशन बिहीबार दमौलीमा सम्पन्न भएको छ । पेशागत महासंघ जिल्ला समन्वय समितिका अध्यक्ष हरिबहादुर थापाको अध्यक्षतामा आयोजित अधिवेशनको नेकपा एमाले तनहुँका उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गरेका थिए ।
कार्यक्रममा श्रेष्ठले पेशाकर्मीहरुको हकअधिकार संरक्षणका साथै वृत्तिविकासको लागि नेकपा एमालेले सधै अग्रपंक्तिमा उभिएर आवाज उठाउँदै आएको बताए । श्रेष्ठले जनताको बहुदलीय शासन व्यवस्थामा पेशाकर्मीहरुलाई ट्रेड युनियन अधिकार प्रदान, श्रमको सम्मान, जीवन बिमा र योग्यता अनुसारको काम र काम अनुसारको पारिश्रमिकको ग्यारेण्टी गरिने बताए ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन तनहुँका अध्यक्ष रामचन्द्र पण्डित, नेकपा एमाले व्यास नगर कमिटीका अध्यक्ष वीरेन्द्र अधिकारी, जिफन्ट तनहुँका अध्यक्ष इन्द्रबहादुर थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य इन्द्रबहादुर कुवंर, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय पार्षद् रेवतराज शाह लगायतले मन्तव्य राखेका थिए । नेपाल निजामती कर्मचारी संगठन तनहुँका उपाध्यक्ष सूर्यप्रसाद क्षेत्रीले स्वागत गरेको कार्यक्रमको सञ्चालन पेशागत महासंघ जिल्ला समन्वय समिति तनहुँका सचिव रामचन्द्र सापकोटाले गरेका थिए ।
अधिवेशनले रामचन्द्र पण्डितको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसअनुसार समितिको उपाध्यक्षमा कुलप्रसाद पौडेल, सचिवमा मिनराज घिमिरे, सह–सचिवमा गौरी ज्ञवाली, कोषाध्यक्षमा रामराज न्यौपाने र सदस्यहरुमा रेवतराज शाह, गोविन्द खनाल, सूर्यप्रसाद क्षेत्री, कृपाहरी लौडारी, धनमाया धिमाल, ऋषिराम श्रेष्ठ, धु्रवराज सिग्देल, बद्रीनाथ तिवारी, परशुराम गिरी चयन भएका छन् । त्यस्तै पदेन सदस्यहरुमा नेपाल राष्ट्रिय शिक्षक संगठन तनहुँका अध्यक्ष हरिबहादुर थापा, नेपाल स्वास्थ्य प्राविधिक संघ तनहुँका अध्यक्ष मनुराज बराल, अन्तरबैंक कर्मचारी संघबाट भरतमणि रेग्मी र नेपाल बैंक लिमिटेड कर्मचारी संघबाट ऋषिराम न्यौपाने चयन भएका छन् ।
अधिवेशनले नयाँ बन्ने संविधानमा पेशाकर्मीहरुका लागि राजनैतिक अधिकार सहितको ट्रेड युनियनको व्यवस्था हुनुपर्ने प्रस्ताव पारित गर्दै यही वैशाख १९ गते तनहुँ जिल्लामा १३१ औं श्रमिक दिवस भव्य रुपमा मनाउन पेशागत महासंघको व्यानर सहित सहभागी हुन पेशागत महासंघसँग सम्बन्धित सम्पूर्ण पेशाकर्मीहरुमा अपिल गरेको छ ।

0 comments
Write Down Your Responses