फाइनलमा दि युनाईडेट बी र नमुना भिड्दै


इ तनहुँ संवाददाता
तनहुँ, फागुन ११
       घाँसिकुवा – १, बेलभन्ज्याङमा जांरी अन्तर क्लब स्तरीय फुटबल प्रतियोगिताको उपाधीका लागि दि युनाईडेट बी र नमुना युवा सी बीच बिहीबार फाइनल खेल हुने भएको छ । तृतीय उपाधीका लागि तामुङ चन्डी युवा क्लब ए र नमुना युवा क्लब बीबीच प्रतिस्पर्धा हुने आयोजक नमूना युवा क्लबका अध्यक्ष शेर बहादुर रानाले बताए । 
        तामुङचण्डी युवा क्लव ए लाई ३–० गोल अन्तरले पाखा लगाउदै दि युनाईडेट युवा क्लब बी फाईनलमा प्रवेश गरेको हो । नमुना युवा क्लव सिले मितेरी युवा क्लब ए लाई ३–१ गोल अन्तरले हराउदै नमुना सी फाईनलमा पुगेको हो । प्रतियोगिताको उपाधी हात पार्ने समुहले नगद ५ हजार, शिल्ड, मेडल प्रमाणपत्र, दोस्रोले नगद ३ हजार, मेडल प्रमाणपत्र र तेस्रोले नगद २ हजार, मेडल, प्रमाणपत्र पाउने छन् । गत फागुन ७ गतेबाट सुरु प्रतियोगितामा घाँसीकुवा गाविस भित्रका २० टिमको सहभागिता रहेको थियो ।

0 comments

Write Down Your Responses