आमालाई ट्यूमर छोरीलाई पाठेघरको समस्या
![]() |
पाठेघरमा रहेको मासुको डल्लोका कारण बढेको तल्लो पेट देखाउँदै ५८ वर्षिय बीरमाया गुरुङ । |
समुन्द्र पौडेल
(पोखरीभाज्याङ) तनहुँ पुस २७
तनहुँ पोखरीभाज्याङ-४ बेलचौताराकी ५८ वर्षिया बीरमाया गुरुङको पाठेघरमा मासुको डल्लो छ । आर्थिक अभावका कारण उनले १४ वर्ष देखी पाठेघर भित्रै मासुको डल्लो पाल्दै आएकी हुन् ।
'पहिला सानो डल्लो मात्र फेला पर् यो ६ महिनापछि बल्ल दुख्न थाल्यो,' उनले भनिन, 'अहिले त्यही डल्लोले दिनहुँ दुख दिदै आएको छ ।' भोक लाग्दा र धेरै खाँदा डल्लो दुखेर दुःख दिने गरेको उनले बताइन् । '१०/१२ वर्ष अघि गाउँलेले दिएको ३ हजार २ सय बोकेर ट्यूमरको उपचार गर्न पोखरा गए ।' बीरमायाले भनिन 'फर्किदाँ न त साथमा पैसा भयो न त रोगनै निको भयो ।' पोखरा स्थित गण्डकी अस्पतालले पोखरामा उपचार सम्भव नभएको भन्दै भरतपुर वा काठमाण्डौ जान भनेपछि रकम अभावले उपचार नगरी बसेको उनले बताइन् ।
बीरमायाकी ६३ वर्षीय श्रीमान् धन बहादुरले भारी बोकेर र अधियाको भरमा परिवारको गुजारा चलाउँदै आएको गुरुङ परिवारमा अहिले फेरी अर्काे संकट थपिएको छ । काइली छोरी आकृति गुरुङको पाठेघरमा समस्या आएपछि यो परिवार अहिले सहयोगको खोजीमा भौतारि रहेको छ ।
झण्डै वर्षदिन अघि पेट दुख्यो भन्न थालेकी १७ वर्षिया आकृतिको पाठेघरको समस्याका कारण अहिले पेट बढेको छ । आकृतिले बारम्बार तल्लो पेट दुख्यो र ढाड दुख्यो भन्ने गरेको उनकी कान्छी बहिनी सलिना गुरुङले बताइन् । 'महिनाबारी हुदाँ दिदीले खाना खान समेत सक्नुहुदैन्,' उनले भनिन, 'पेट दुख्यो भन्दै दिनरात विस्तारामै सुत्नुहुन्छ ।' बिहानै उठी अर्काको भारी बोक्न एक घण्टा दुरीको सदरमुकाम दमौली आउने धन बहादुरको पेशा समेत रिक्साले संकटमा पारेको छ ।
एघार महिना अघि सामान्य पेट दुख्यो भन्ने गरेकी आकृति पछिल्लो समय पेट दुख्यो भन्दै सुत्नेमात्र गर्ने गरेको छिमेकी बिर्खमाया गुरुङले बताइन् । 'आमाको उपचारका लागि गाउँलेले पैसा उठाएर दिएपनि रोग निको भएन, ' उनले भनिन, 'अहिले छोरीले पनि पाठेघरमा पानी जमेर दुख पाएकी छ ।'
'रेडियो र गाउँलेले निशुल्क उपचार हुन्छ भनेर सुनाउँछन् ।' बीरमायाले भनिन, 'चिने जानेका र बोल्न नसक्ने भएकाले उपचार समेत पाएनौ ।' बर्षौदेखीको आफ्नो ट्यूमर भन्दा विहेबारी गर्ने उमेरकी छोरीको पाठेघरको समस्याले चिन्तित बीरमायाले छोरीको उपचारका लागि दमौलीमा बसोबास गर्दै आएकी जेठी छोरी माइतमाया र भारतमा रोजगारी गर्ने साइली छोरी कर्णमायाबाट १०/१० हजार रुपैया जुटाएर आकृतिलाई उपचारका लागि चितवन पठाएको उनले बताइन् ।
पाठेघरको उपचारका लागि बुधबार भरतपुर क्यान्सर अस्पताल पुगेकी आकृतिको पाठेघरमा पानी जमेका कारण शल्यकि्रया गर्नु पर्ने चिकित्सकलाई उदृत गर्दै माइतमायाले बताइन् । 'उपचारका लागि झण्डै ३५ हजार खर्च लाग्छु आकृतिसंगै चितवन पुगेकी उनले टेलिफोनमा भनिन, 'अपुग १५/२० हजार कहाँबाट पुर् याउने चिन्ता थपिएको छ ।' ऋण खोजेर बहिनीको उपचारका लागि १० हजार जुटाएकी उनले एक सातादेखी उपचारका लागि भौतारिदाँ झन आर्थिक भार खेप्नु परेको बताइन् ।
सहयोग गर्न चाहनेले निम्न इमेल ठेगानामा सम्पर्क राख्नुहोला ।
etanahun.com@gmail.com
samundrapoudel@gmail.com
krishnadml@gmail.com
सहयोग गर्न चाहनेले निम्न इमेल ठेगानामा सम्पर्क राख्नुहोला ।
etanahun.com@gmail.com
samundrapoudel@gmail.com
krishnadml@gmail.com
1 comments
Write Down Your Responses
October 22, 2014 at 7:44 PM
रो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com: