दुव्र्यसनी विरुद्ध सचेतना जगाउँदै युवा

दमौली, ९ वैशाख
लागुपदार्थ दुव्र्यसनी विरुद्ध सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले लियो क्लव अफ तनहुँले शुक्रबार दमौलीमा सचेतनामूलक वृत्तचित्र प्रदर्शन गरेको छ । समाजमा बढ्दै गएको लागुपदार्थ दुव्र्यसनी विरुद्ध आम नागरिकलाई सचेत गराउन क्लवले सचेतनामूलक वृत्तचित्र प्रदर्शन गरेको हो ।
नविकरणीय पुनस्र्थापना केन्द्र नेपालगञ्जको सहकार्यमा प्रदर्शन गरिएको वृत्तचित्रमा युवा दुव्र्यसनीमा लाग्नुको कारण, दुव्र्यसनीमा फसेपछिको अवस्था, त्यसले घरपरिवार र समाजमा पार्ने नकरात्मक असर र बच्ने उपायका बारेमा चित्रण गरिएको छ ।
लियो क्लव अफ तनहुँका सचिव सरोज भण्डारीले समाजमा लागुपदार्थ सम्बन्धी व्यापक रुपमा प्रचारप्रसार र यसबाट सचेत रहनका लागि जनचेतनामूलक वृत्तचित्र प्रदर्शन गरिएको बताए । ‘सानो गल्तीले दुव्र्यसनीमा लागेपछि परिवार र समाजमा नकरात्मक असर फैलन्छ,’ उनले भने, ‘यसबाट समयमै सचेत रहनुपर्छ ।’ युवाहरु जानेर वा नजानेर, साथीहरुको लहलहैमा दुव्र्यसनीमा फस्दै गएको भन्दै यसबाट जोगिन स्वयंम युवाहरु नै सचेत हुनुपर्ने भण्डारीले बताए । ‘परिवार समेत यसमा विशेष चनाखो हुनुपर्छ,’ उनले भने ।
नवीकरण पुनस्र्थापन केन्द्र नेपालगञ्जकी मल्लिका भट्टराईले केन्द्रले विभिन्न संघसंस्थासँग सहकार्य गरेर लागुपदार्थ दुव्र्यसनी विरुद्ध जनचेतनामूलक वृत्तचित्र प्रदर्शन गर्दै आएको बताइन् । ‘लागुपदार्थ दुव्र्यसनीको संख्या बढ्दो छ,’ उनले भनिन्, ‘त्यस सम्बन्धमा सचेतना गराउने उद्देश्यले केन्द्रले देशका विभिन्न ठाउँमा वृत्तचित्र प्रदर्शन गर्दै आएको छ ।’ वृत्तचित्र प्रदर्शन गरिएको दमौली ५० औं स्थान भएको उनले जानकारी दिइन् ।
लियो क्लवका अशोककुमार श्रेष्ठले लागुपदार्थमा फसेपछि धेरै समस्या हुने हुँदा यसतर्फ अभिभावकहरु विशेष चनाखो हुनुपर्ने बताए ।
0 comments
Write Down Your Responses