स्थानीय निकाय भ्रष्टाचारको अखडा : राष्ट्रिय जनमोर्चा


इ तनहुँ संवाददाता  
तनहुँ, १८ माघ
स्थानीय निकायलाई कर्मचारी र दलीय प्रतिनिधिलाई जिम्मा दिँदा भ्रष्टाचारको अखडाको रुपमा परिणत भएको राष्ट्रिय जनमोर्चा नेपालले आरोप लगाएको छ । विगत ९ वर्षदेखि स्थानीय निकाय जनप्रतिनिधि विहीन हुँदा सर्वदलीय संयन्त्रको नाममा टिके प्रथाका आधारमा सञ्चालन गरिएको भन्दै स्थानीय निकायको भ्रष्टाचार रोक्न स्थानीय निकायमा चुनाव आवश्यक भएको राष्ट्रिय जनमोर्चाले माग गरेको छ ।
‘जनताका विकास निर्माणका कैयौं कामहरु पूरा हुन सकिरहेका छैनन्,’ राष्ट्रिय जनमोर्चाले तोकिएको समयमा संविधानको निर्माण, संघीयताको खारेजी र स्थानीय निकायको निर्वाचनको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बुधबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य राजेन्द्र ढुंगानाले भने, ‘स्थानीय निकायका सबै बेथिती अन्त्य गर्न, गणतन्त्रको सुदृढीकरण तथा जनताको स्थानीय स्वायत्त शासनको अधिकारको प्रत्याभूतीका लागि स्थानीय निकायको निर्वाचन आवश्यक छ ।’
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले हालै भारत भ्रमणको सिलसिलामा राष्ट्रिय हित विपरित गरेको बिप्पा सम्झौता खारेजीको समेत जनमोर्चाले माग गरेको छ । बढ्दो महंगी, लोडसेडिङ, असुरक्षा, दण्डहीनता, भ्रष्टाचार, बेरोजगारी लगायतका समस्याहरुको विरोध गर्दै जनमोर्चाले चैत्र २७ सम्म विविध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

1 comments

रो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

Write Down Your Responses