कर्मचारी घुसमा लिन, कार्यालय प्रमुख सम्पर्क बिहीन



समुन्द्र पौडेल
तनहुँ, माघ २
पश्चिमाञ्चल सडक डिभिजन कार्यालय नं. १ तनहुँका ४ कर्मचारी घुस लिएको रकम सहित काठमाण्डौमा पक्राउ परेपछि कार्यालयका प्रमुख समेत सम्पर्क बिहीन भएका छन् । कार्यालय प्रमुख डिभिजन इन्जिनियर शालिकराम रेग्मी विगत ३ दिनदेखी कार्यालयका कर्मचारी र प्रमुख जिल्ला अधिकारीको सम्पर्कमा समेत छैनन् । 
घटनाको ३ दिनसम्म पनि कार्यालय प्रमुख रेग्मीसंग सम्पर्क नभएपछि सोमबार प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पौडेलले सडक कार्यालयका इन्जिनियर राजेश प्रसाद पौडेलसंग कर्मचारी पक्राउ परेको विषयमा जानकारी लिएका थिए । सोमबार समेत उनी कार्यालयमा अनुपश्चित थिए । 
दमौलीबाट काठमाण्डौतर्फ जादै गरेका बा २ च ६८७८ नम्बरको पजेरोबाट शुक्रबार सडक डिभिजन कार्यालय नं. १ तनहुँमा कार्यरत ३ इन्जिनियर र एक अप्रेटर २ लाख ८० हजार रुपैया सहित प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा इन्जिनियर अभिनवदास मुल्मी, अमरेन्द्र कर्ण, यादव ढुङ्गेल र अप्रेटर गौरी बहादुर थापा रहेका छन् । उनीहरु सबै कार्यालयका प्राविधिक क्षेत्रका कर्मचारी हुन् । उनीहरुलाई अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ । 
शुक्रबार कार्यालयमा उपस्थित भएका कार्यालय प्रमुख रेग्मी कर्मचारी पक्राउ परे पश्चात सम्पर्कमा नरहेको कार्यालयका एक कर्मचारीले बताए । ‘त्यसदिन देखी हाकिम साबको मोबाइल स्वीच अफ मात्र छ’ नाम उल्लेख नगर्ने शर्तमा उनले भने, ‘कार्यालयमा समेत कुनै जानकारी छैन् ।’
सरकारी कार्यालयका प्रमुखले जिल्ला छाड्दा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउनु पर्ने व्यवस्था भएपनि डिभिजन प्रमुखले कुनै जानकारी नगराएको प्रमुख जिल्ला अधिकारीले पौडेलले बताए । ‘मैले पनि ३ दिनदेखी बारम्बार फोन गरे,’ उनले भने, ‘सम्पर्क नभएपछि निमित्त प्रमुखलाई बोलाए ।’ रेग्मीले लिखितम रुपमा निमित्त कार्यालय प्रमुखको जिम्मेबारी नदिएपनि पदीय दायित्वको हिसाबले आफूले कार्यालयको जिम्मेबारी सम्हालेको इन्जिनियर राजेश प्रसाद पौडेलले बताए ।

1 comments

रो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

Write Down Your Responses