बसको ठक्करले दुई घाइते

इ तनहुँ संवाददाता
तनहुँ, १८ पुष

पोखराबाट दमौली तर्फ आउँदै गरेको ग १ ख ३७०१ नम्बरको मिनीबसले सोमबार जामुने–७ धयरेमा मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् । बसको ठक्करले ग ६ प ८५१६ नम्बरमा सवार गजरकोट–६ का विष्णुभक्त सिग्देल र दुलेगौडा–९ बेलचौताराका दुर्गाकुमार श्रेष्ठ घाईते भएका हुन् ।
घाईते दुवैको सेतीगंगा सामुदायिक अस्पताल दुलेगौडामा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस र चालक प्रहरी नियन्त्रण छन् ।

0 comments

Write Down Your Responses