राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०६८ १ दिन पछि सर्यो I
नारायण सापकोटा
चितबन मंसिर २२-“दीगो आर्थिक विकासको लागि औद्योगिक प्रवद्र्धन” भन्ने मूल नाराका साथ चितवन उद्योग संघको आयोजनामा मंसिर २२ देखि चितवनको भरतपुरमा आयोजना हुन गइरहेको राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०६८ को पूर्ण तयारी भइसकेको भएता पनि भरतपुर कारागारमा मंगलबार घटेको सम्वेदनशिल घटनापछि भएको असमान्य परिस्थतीका कारण प्रदर्शकहरूले प्रदर्शनीका लागि आवश्यक पर्ने सामानहरु समयमा ल्याउन नसक्नु र जिल्लाको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रदर्शनीलाई एक दिन पछाडि सरको छं ।
उक्त प्रर्दशनीका लागि ३०० वटा स्टल बुकिङ्ग भइसकेका छन भने जिल्लाका विभिन्न भागहरुमा गरि १४ स्थानमा स्वागतद्धारहरु निमार्ण गरिसकिएको छ । राष्ट्रिय औद्योगिक प्रर्दशनी २०६८ चितवन जिल्लाको गौरबको विषय भएको हुदां प्रर्दशनीलाई भव्यरुपमा सफल पार्ने कार्यमा सम्पूर्ण पक्षहरुको पूर्ण सहयोगको आयोजकले अपेक्षा गरिएको हिजो जारी प्रेस विज्ञप्तीम जनाइएको छ ।
0 comments
Write Down Your Responses