समुन्द्र पौडेल
एक वर्ष अघि दशै तिहारलाई लक्षित गर्दै यामाहा मोटर साइकलले एउटा ग्राहक योजना ल्यायो 'नोट छापौ '। झट्ट सुन्दा यामाहाको त्यो योजना अन्र्तगतको बिज्ञापनले नेपालको कानुनलाई नै चुनौती दिएको आभाष हुन्छ ।
नेपालमा नोट छाप्ने अधिकार नेपाल राष्ट्र बैकलाई मात्र छ । नेपाल राष्ट्र बैकले पनि नोट अन्य मुलुकमा छपाई गरेर बल्ल बजारमा ल्याउछ । अब तपाई आफै भन्नुस् यमाहाले सिधै नोट छापौ भन्नु उपयुक्त हो
यामाहाको नोट छापौ मात्र होइन यूटिएल फोनको विज्ञापनमा पनि रेखा थापाले मनपरी बोलेकी छिन् । त्यही विज्ञापनलाई यूटिएलले देशभर प्रचारप्रसार गर् यो । बिज्ञापनको एकतर्फ ' एउटै दर म र मेरो यूटिएल ' लेखिएको छ भने अर्को भागमा लेखिएको छ - '९९ पैसा यूटिएल र १.५० पैसा अन्य नेटवर्कमा'
यूटिएलका दुबै नारालाई ध्यान दिएर पढ्दाँ रेखा थापा र यूटिएलको दर प्रतिमिनेट ९९ पैसा वा १.५० पैसा भन्ने बुझिन्छ । सहजै दोहोर् यो अर्थ लाग्ने शब्दलाई ध्यान नदिदाँ रेखा थापाको दर पनि यूटिएल बराबर बन्न पुग् यो ।
अब लागौ प्राइम लाइफ इन्स्यूरेन्स तर्फ । दशैलाई लक्षित गर्दै प्राइम लाइफले नारी जीवन बिमामा स्किम राखेको छ । ' दशैको उपहार…साथमा १ लाखको हिराको हार ।' दुई लाख वा सो भन्दा माथीको बिमाङ्गमा लागु हुने गरी प्राइम लाइफले ल्याएको योजनाको बिज्ञापनको एक कुनामा लेखेको छ, 'प्राइम लाइफ नारी जीवन बिमा उहाँले दिनु भएको अमुल्य उपहारले मेरो खुसीको रहेन सीमा ।' एउटा हारको मुल्य एक लाख अरे अनि त्यही हार अमुल्य पनि भयो अरे ।
गजवका नेपाली बिज्ञापन
0 comments
Write Down Your Responses