मुस्लिम अधिकार सहितको संविधान माग्दै प्रदर्शन (फोटो फिचर)
इ तनहुँ संवाददाता
तनहुँ, २३ वैशाख
नयाँ बन्ने संविधानमा मुस्लिम अधिकार समेट्न माग गर्दै राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन तनहुँले शनिबार दमौलीमा प्रदर्शन गरेको छ । मुस्लिम समुदाय सदियौंदेखि बहिष्करण र विभेदको सिकार हुँदै आएको हँुदा मुस्लिमको अधिकारलाई नयाँ संविधानमा समेट्न माग गर्दै गठबन्धनले शनिबार दमौलीमा ¥याली सहित सभा सम्पन्न गरेको छ ।
दमौलीको अनसन चोकबाट निस्किएको ¥याली दमौली बजारको परिक्रमा गरी पुनः सोही ठाउँमा आएर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै मुस्लिम संघ नेपालका केन्द्रीय महासचिव एवं राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका केन्द्रीय सचिव रहमतुल्ला मियाँले मुस्लिम समुदायलाई आदिवासीमा सूचीकृत गर्नुपर्ने माग गरे ।
राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन तनहुँका अध्यक्ष रफिक मियाँको अध्यक्षतामा सम्पन्न सभामा एकीकृत नेकपा माओवादीका जिल्ला इन्चार्ज हरिबहादुर चुमान, नेपाली कांग्रेसका निवर्तमान सभापति रघुनाथ पौडेल, नेकपा एमालेका राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य एकबहादुर राना, सत्तार मियाँ, खोदा बकस मियाँ, मुमिन मियाँ, कलिला खाँ, हाजि रफिक मियाँ, जुम्मादिन मियाँ, हा. जमालदिन मियाँ, शहिद अली मियाँ लगायतले मन्तव्य राखेका थिए । गोरा मियाँले स्वागत गरेको कार्यक्रमको मन्सुर अहमद मियाँले सञ्चालन गरेका थिए ।
संविधानमा मुस्लिम समुदायको पृथक पहिचानलाई सूचीकृत गर्नुपर्ने, संवैधानिक मुस्लिम आयोग गठन गर्नुपर्ने, राज्य पुनसंरचना र राज्यको नामाकरण गर्दा मुस्लिम पहिचान र अग्राधिकार सहितको केही प्रदेश, स्वायत्त प्रदेश र संरक्षित क्षेत्र सुरक्षित गर्नुपर्ने संघर्ष गठबन्धनको माग रहेको छ ।
त्यस्तै सेना, प्रहरी, प्रशासन, शिक्षा लगायत राज्यका सरकारी तथा अर्थसकारी अङ्गहरुमा मुस्लिम समुदायको पूर्ण समानुपातिक समावेशीकरणको सिद्धान्त अनुसार विशेष आरक्षणको व्यवस्था गर्नुपर्ने लगायतका माग गठबन्धनको रहेको छ ।

0 comments
Write Down Your Responses