भवन निर्माणका एक लाख संकलन
इ तनहुँ संवाददाता
दमौली, ७ फागुन
नेपाली कांग्रेस तनहुँले दमौलीमा निर्माण थालेको विपी स्मृति भवनका लागि खैरेनीटारमा १ लाख ९ हजार ५ सय २१ रुपैयाँ आर्थिक संकलन भएको छ । नेपाली कांग्रेस खैरेनीटार गाउँ कार्यसमितिको आयोजनामा शनिबार भएको आर्थिक सहयोग संकलन कार्यक्रमका सहभागी विभिन्न व्यक्तिहरुले सो सहयोग रकम प्रदान गरेका हुन् ।
कार्यक्रममा श्याम बहादुर केसीले २५ हजार ५ सय ५५, राज बहादुर थापा, समुन्द्र श्रेष्ठ र रविन्द्र पौडेलले जनही १० हजार १ सय ५१, याम बहादुर खाँडले १० हजार ६, अर्जुन सापकोटा, शिव परियार र हरि राज थापाले जनही ५ हजार ५ सय ५५, पूर्ण कायस्थले ५ हजार ५ सय १५, लिलाम्बर थापाले ५ हजार ५०, बालकृष्ण घिमिरेले ५ हजार १ सय ५१ र पदम कुमार श्रेष्ठले १ हजार १५ रुपैयाँ प्रदान गरेको जिल्ला प्रवक्ता हरिप्रसाद वाग्लेले जानकारी दिए ।
गाउँ सभापति लक्ष्मण तिमिल्सनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सभापति ध्रुव वाग्ले, निवर्तमान सभापति रघुनाथ पौडेल लगायतले भवन निर्माण सम्पन्न गर्नका लागि सहयोग गर्न सबै कार्यकर्ता र शुभेच्छुकलाई आग्रह गरे ।

0 comments
Write Down Your Responses