सुरु भयो प्रथम डुम्रे महोत्सव (फोटो फिचरसहित)
इ तनहुँ संवाददाता
‘व्यापारिक, सास्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा’ भन्ने मुल नाराका साथ शुक्रबारदेखी तनहुँको भाँनु ५, डुम्रेमा प्रथम डुम्रे सास्कृतिक तथा व्यापारिक महोत्सव शुरु भएको छ । महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीप जंग पाँडेले उद्घाटन गरे ।
![]() |
तस्बिरहरु : कृष्ण न्यौपाने/इ तनहुँ |
माघ २२ गतेसम्म संचालन हुने महोत्सवको उद्घाटनको अबसरमा शुक्रबार स्थानीय विभिन्न संघसंस्था र जातीय समुदायले नाचगान सहितका झाक्री प्रस्तुत गरेका थिए । तनहुँ उद्योग वाणिज्य संघ, डुम्रे बजार इकाईले आयोजना गरेको महोत्सवका मुख्य आकर्षणहरुमा सास्कृतिक प्रदर्शनी, धार्मिक एवं ऐतिहासिक स्थलको भ्रमण, प्याराग्याइडिङ, दक्षिण एसियाकै ठूलो दाबी गरिएको सिद्धगुफा अवलोकन, जलविहार लगायत रहेको महोत्सव मुल समारोह समितिका संयोजक राजेन्द्र पियाले बताए ।
1 comments
Write Down Your Responses
October 22, 2014 at 8:21 PM
रो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com: