क्रियाशिल पत्रकारको वनभोज

इ तनहुँ संवाददाता
तनहुँ, माघ १०
क्रियाशिल पत्रकार महिला समूहको आयोजनामा शनिबार जिल्लामा क्रियाशिल पत्रकारहरुको बीचमा वनभोज कार्यक्रम आयोजना गरियो । पत्रकारहरु बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने र मनोरञ्जन गर्ने उद्देश्यले आयोजना गरिएको सो वनभोजमा २५ जना क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो । 
       व्यास नपा–७ पाटनको पिकनिक स्थलमा आयोजना गरिएको सो वनभोजमा पत्रकारहरुले वनभोजले पत्रकारहरुको सम्बन्धलाई प्रगाढ बनाउन सहयोग पुगेको बताए । सोही अवसरमा आयोजित कार्यक्रममा पत्रकार महासंघ  तनहुँका अध्यक्ष प्रेमप्रसाद पौडेलले बनभोजले पत्रकारहरुको बीचमा पेशागत एकता कायम गर्न सहयोग पुगेको बताए ।
         क्रियाशिल पत्रकार महिला  तनहुँकी अध्यक्ष सोनि खनियाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पत्रकार महासंघका निवर्तमान अध्यक्ष प्रदीप काफ्ले, प्रेस चौतारीका अध्यक्ष प्रकाशचन्द्र भट्टराई, क्रान्तिकारी पत्रकार संघका सचिव उज्ज्वल पौडेल, मादीसेती एफएमका निर्देशक राजेश्वर हड्खले, रिपोर्टस क्लवका अध्यक्ष मदन वाग्ले, फोटो पत्रकार महासंघ  तनहुँका अध्यक्ष नारायण खड्का र पर्यटन पत्रकार मञ्चका सचिव पूर्ण विके लगायतले वनभोज कार्यक्रमको महत्वको बारेमा मन्तव्य राखेका थिए । सो कार्यक्रमको सञ्चालन पत्रकार महासंघका सचिव ओमकार आचार्यले गरेका थिए ।

1 comments

रो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

Write Down Your Responses