कांग्रेस नेतृत्वद्धारा राज्य पुनःसंरचनाबारे सभासदसँग छलफल
काठमाडौं, मंसिर २६– नेपाली कांग्रेसले राज्य पुनःसंरचनाबारे पार्टीको धारणा तय गर्न सभासदहरुसँग छलफल सुरु गरेको छ । सोमबार नगरकोटको एक होटलमा सभापसित सुशील कोइराला, महामन्त्री कृष्णप्रसाद सिटौला लगायतका नेताहरुको उपस्थितिमा भएको छलफलमा १८ जना सभासदहरुले राज्य पुनः संरचनाबारे आ-आफ्नो धारणा राखेका छन् ।
छलफलमा मिश्रति कुरा आएको कांग्रेस संसदीय दलका प्रवक्ता नविन्द्रराज जोशीले जानकारी दिनुभयो । केहीले सामथ्र्य र पहिचानका आधारमा राज्य पुनः संरचना गर्नु पर्नेमा जोड दिएका छन् भने केहीले पहिचानका आधारमा राज्य पुनः संरचना गर्नु मत राखेका छन् ।
‘राज्य पुनः संरचनाका बारेमा गहल छलफल सुरु भएको छ’ जोशील अनलाइनखबरसँग भन्नुभयो भन्नुभयो-’सभासदहरुले आ-आफ्नो धारणा राख्नु भएको छ ।’
सभासदहरुले धारणा राख्ने क्रम नसकिएपछि पुष ३ गते पार्टी कार्यालयमा अर्को बैठक राखिएको छ । सभासदहरुसँगको छलफलपछि पार्टीको धारणा तय गरिने प्रवक्ता जोशीले जानकारी दिनुभयो । संविधानसभाको राज्य पुनःसंरचनासम्वन्धी समितिले अघि सारेको १४ प्रदेशको प्रस्ताव अस्वीकार गरेको कांग्रेसले ठोस धारणा अघि सारेको छैन ।

0 comments
Write Down Your Responses