पब्लिक विश्वविद्यालय तत्काल स्वीकृत गर्नुपर्ने माग गर्दै आन्दोलनको घोषणा

इ तनहुँ संवाददाता
तनहुँ, पुष २

जनस्तरबाट उच्च शिक्षामा पुर् याइएको योगदानलाई कदर गर्दै नेपाल पब्लिक विश्वविद्यालय तत्काल स्वीकृत गर्नुपर्ने २०३७ सालदेखि पब्लिक क्याम्पसमा कार्यरत प्राध्यापक कर्मचारीहरुको स्तर निर्धारण गरी अपमान र विभेदपूर्ण व्यवहारको अन्त गरिनुपर्ने लगायतका माग राख्दै नेपाल पब्लिक क्याम्पस संघ तथा पब्लिक क्याम्पस प्राध्यापक संघले विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
घोषित कार्यक्रम अनुसार पौष ३ गते बिहान ९ बजेदेखि शिक्षामन्त्रालय केशरमहलमा शान्तिपूर्ण धर्ना ५ गतेदेखि चितवन जिल्लाका जनसहभागिताको क्याम्पसहरु र नागरिक समाजको शान्तिपूर्ण धर्ना पौष ६ गतेदेखि सबै जिल्लाहरुमा रहेका जनसहभागितामा क्याम्पस साचालकहरु र नागरिक समाजद्वारा जिल्ला प्रशासन कार्यालयमा बिहान ११ बजेदेखि १ बजेसम्म शान्तिपूर्ण धर्ना लगायत रहेका छन् ।
प्रधानमन्त्री शिक्षामन्त्री लगायत सम्बन्धित अन्य पदाधिकारी एवं निकायसँग पटक-पटक विश्वविद्यालय स्थापनाका लागि लिखित एवं मौखिक रुपमा अनुरोध गर्दै आए तापनि सरकारको तर्फबाट कुनै वास्ता नगरिएकोले शान्तिपूर्ण आन्दोलनमा जानुपरेको जनाइएको छ ।


1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses