हैरान्स कपमा आयोजक नै पराजित
पवन पौडेल
तनहुँ पुष ५
हैरान्स क्लबको आयोजनामा दमौलीस्थित खेल मैदानमा जारी हैरान्स कप अन्र्तक्लब जिल्लाव्यापी फुटबल प्रतियोगिताको सेमिफाईनलमा जनसेवा क्लब ढोरफिर्दी प्रवेश गरेको छ । आयोजक हैरान्स क्ल्बसंग भएको क्वार्टरफाईनल खेलमा २/० गोलअन्तरले विजयी हुँदै जनसेवाले सेमीफाईनलको यात्रा तय गरेको हो ।
जनसेवाले खेलको पहिलो हाफमा १ गोल र दोश्रो हाफमा अर्को गोल थपी सेमीफाईनल यात्रा तय गरेको थियो । घरेलु मैदान भएपनि आयोजक हैरान्स क्लबले यसको फाईदा लिन सकेन । तुलनात्मक रुपमा कम उमेरका र होचा भएपनि जनसेवाका खेलाडिले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए ।
खेलको दोश्रो हाफमा हैरान्सले बढी जसो बल आफ्नो नियन्त्रणमा लिएपनि उत्कृष्ट प्रहार गर्नबाट भने उ चुकेको थियो । बढी पास खेल्ने हैरान्सको नीतिलाई जनसेवाका खेलाडिले सफल हुन दिएनन् । पटक पटक पोष्टतिर लगेको बल पनि हैरान्सका खेलाडिको तालमेल नमिल्दा गोल हुनबाट रोकिएको थियो ।
यसैबिचआज दोभान युवा क्लब र नव युवा क्ल्ब हाईस्कुलटारबिच हुने भनिएको दोश्रो खेल स्थगित भएको छ । दोभान र व्यास ११ बिच भएको आईतबारको खेलमा तनाब भएपछि आयोजकले व्यास युथ क्लबलाई निष्कासन गरेपनि दोभान क्लबसंग सहमति भएर दुबै टिम मिलेर आएमा पुन खेल खेलाउने भनेको थियो । तर दोभान र व्यास युथ क्लबबिच कुरा नमिलेपछि सो प्रयास सफल हुन सकेन ।
त्यसैगरी दोभान र नवयुवाबिच आयोजकले तय गरेको खेल खेल्न दोभानका खेलाडि नआएपछि सो खेल पनि रद्ध भएको आयोजकले घोषणा गरेको छ । दोभान र व्यास युथ क्लबबिच सहमति भएमा पुन खेल खेलाईने आयोजकले बताएको छ ।

1 comments
Write Down Your Responses
November 15, 2014 at 8:35 AM
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन