'तस्बिरमा तनहुँ' हुने

इ तनहुँ संवाददाता
तनहुँ पुस १२

तनहुँ जिल्लालाई पर्यटकीय गन्त्व्यको रुपमा प्रचारप्रसार गर्न 'तस्बिरमा तनहुँ' अभियान संचालन हुने भएको छ । फोटो पत्रकार महासंघ तनहुँ शाखाले जिल्लाका ४६ गाविसका सम्पदालाई फोटो प्रदर्शनी मार्फत प्रचारप्रसारको अभावमा ओझेलमा परेका तनहुँका सम्पदाहरुको प्रदर्शनीमा उतार्न लागेको हो ।
'ओझेलमा परेका ऐतिहासिक धार्मिक सांस्कृतिक साहित्यिक तथा पर्यटकीय सम्भावना बोकेका स्थान तथा सम्पदालाई तस्विरका माध्यमद्वारा प्रचार प्रसार गर्ने अभियान शुरु गरेका हौ ।' महासंघका कोषाध्यक्ष कृष्ण न्यौपानेले भने 'यसलाई सदरमुकामका विभिन्न बजार, पोखरा, राजधानीमा समेत प्रदर्शन गछौ ।' जिल्लाका संचारकर्मीसंगै अन्य व्यक्तिले खिचेका तस्बिरलाई प्रदर्शनीमा समावेश गरिने फोटो पत्रकार महासघ तनहुँ शाखा अध्यक्ष नारायण खड्काले बताए ।

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses