यस्तो देखियो कांग्रेसको बन्दमा तनहुँ (फोटो फिचर)
तनहुँ पुष ४
- कांग्रेसको बन्दमा सरकारी कार्यालय तोडफोड
बन्दकर्ताले मालपोत जिल्ला कृषि विकास बैंक व्यास नगरपालिका कार्यालय लगायतका कार्यालयको गेटमा समेत लाताले हान्दै होहल्ला गरेका थिए । कांग्रेसले बन्द शान्तिपूर्ण रुपमा हुने भनेपनि युवाहरु होहल्ला गर्दै बजारमा आतङ्कित पार्दै हिँडेका थिए ।
बन्दको क्रममा इ तनहुँका लागि कृष्ण न्यौपानेले खिचेका केही तस्बिरहरु :
![]() |
बन्दकर्ताले फुटाएको जिल्ला नापी कार्यालयको झ्याल |
![]() |
बन्दका क्रममा कृषि विकास बैंक बन्द गराउँदै कांग्रेस समर्थित युवाहरु |
![]() |
व्यास नगरपालिका कार्यालय बन्द गराउन जम्मा भएका बन्दकर्ताहरु |
![]() |
बन्द सफल पार्न दमौलीको मुख्यचोकमा खटिएका कांग्रेस कार्यकर्ता |
![]() |
बन्दमा नेपाल विद्यार्थी संघको झण्डा बोकेर हिँडेका एक बालक |
![]() |
पर्यटकको गाडीलाई अवरोध पुर् याउँदै बन्दकर्ता |
![]() |
बजारमा माइकिङ गर्दै हिँडेका बन्दकर्ता |
![]() |
जिल्ला मालपोत कार्यालयमा नाराबाजी गर्दै बन्दकर्ता |
![]() |
जिल्ला मालपोत कार्यालयमा नाराबाजी गर्दै बन्दकर्ता |
![]() |
जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गर्दै बन्दकर्ता |
![]() |
लाठी सहित सरकारी कार्यालय बन्द गराउँदै हिँडेका बन्दकर्ता |
बन्दको कारण पृथ्वीराजमार्ग तथा भित्री सडकहरुमा कुनै पनि सवारी साधनहरु साचालन भएका छैनन् । त्यस्तै बन्दको कारण जिल्लाका सम्पुर्ण शिक्षण संस्थाहरुमा पठन पाठन अबरद्ध भएको छ । जसले गर्दा १ लाख भन्दा बढि विद्यार्थीहरु अध्ययन गर्नबाट बिाचत भएका छन् । बन्दले जिल्ला सदरमुकाम दमौली सहित प्रमुख व्यापारी बजारहरु आँबुखैरेनी डुम्रे बन्दिपुर खैरेनीटार भिमाद र दुलेगौंडामा कुनै पनि यातयात शिक्षण संस्था उद्योग धन्दा र कलकारखानाहरु साचालन भएका छैनन् ।
बन्द सफल पार्न कांग्रेसका कार्यकर्ताहरु मुख्य बजारहरुमा खटिएका छन् । बन्दमा अन्य सवारी साधनहरुलाई अवरोध गरिएपनि प्रेस मानवअधिकारकर्मी कुटनीतिक नियोग पर्यटक दुध बोक्ने खानेपानी एम्बुलेन्स र फोहोर संकलन गर्ने सवारी साधनहरुभने निर्वाधरुपमा साचालन भएका छन् । कांग्रेसले तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको भरतपुर कारागारमा कुटीकुटी हत्या हुँदा समेत राज्य मुकर्दशक भएको भन्दै मृतकलाई शहिद घोषणा परिवारलाई उचित क्षतिपुर्ती र कारागार घटनाको न्यायिक छानबिन हुनु पर्ने माग गर्दै नेपाल बन्दको आह्वान गरेको हो ।
1 comments
Write Down Your Responses
November 15, 2014 at 8:35 AM
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन