बसको ब्रेकफेल हुदाँ तनहुँमा ३ को मृत्यु

इ तनहुँ संवाददाता
तनहूँ पुस १५
तनहुँको जामुनेमा बिहीबार राती भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । पृथ्वी राजमार्ग अन्र्तगत तनहुँको जामुने-३ माथिल्लो गुणादीमा पोखराबाट दमौली तर्फ आउँदै गरेको ना ४ ख ६११७ बसले बिहीबार साँझ स्थानीय ४ पैदलयात्रुलाई ठक्कर दिएको थियो ।
मृत्यु हुनेमा जामुने-३ माथिल्लो गुणादीका ४५ वर्षिय राजन रानाभाट २३ वर्षिय अनिल रानाभाट र ४२ बर्षिय राजन रानाभाट रहेको प्रहरीले जनाएको छ । राजनको उपचारका लागि पोखरा लैजाँदै गर्दा अनिलको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा र राजनको उपचारका लागि न्यूरो अस्पताल काठमाणडै लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट घाइते भएका १६ वर्षिैय अश्मित रानाभाटको पोखरामा उपचार भईरहेको छ ।
फरार बसका चालक शुक्रबार बिहान प्रहरीको सम्पर्कमा आएका छन् । घटनाका विषयलाई लिएर बिहीबार राती ९ बजेदेखी स्थानीय बासिन्दाले अबरुद्ध पारेको पृथ्वी राजमार्ग शुक्रबार बिहान ३ बजेबाट सुचारु भएको तनहुँका प्रहरी नायव उपरिक्षक गौतमराज कट्टेलले बताए । 

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses