हङकङको जिल्ला परिषद्को निर्वाचनमा नेपाली उम्मेदवार पराजित
उनलाई उनका प्रतिद्वन्द्वी डेमोक्रेटिक एलायन्स फर द बेटरमेन्ट एण्ड प्रोगेस अफ हङकङका चान सिउ तोङले पराजित गरेका हुन् । तोङले २ हजार ६३ मतका प्राप्त गरी विजयी भएका हुन् । तोङ यसअघिपनि उक्त पदमा दुईपटक विजयी भइसकेका छन् । पराजित नेपाली उम्मेदवार लिम्वुले आफु निर्वाचनमा पराजित भएपनि आफ्नो राजनितिलाई भने कायमै राख्ने वताएका छन् । उनीले आउदो निर्वाचनमा हङकङवासी नेपालीहरु एक जुट भए विजयी हासिल गर्न सकिने सम्भावना निकै रहेको वताए । हङकङको विधान परिषद्को निर्वाचनमा ६० सिटमध्ये क्षेत्रगत र पेसागत गरी आधाआधा उम्मेदवार हुने व्यवस्था रहेको छ । करिब ३२ हजार नेपालीहरू बसोबास गर्ने हङकङमा आधा बढी स्थायी परिचयपत्र बाहक रहेको अनुमान छ ।
डेमोक्रेटिक एलायन्स फर द बेटरमेन्ट एण्ड प्रोगेस अफ हङकङ र डेमोक्रेटिक पार्टीको बर्चस्व रहेको सो क्षेत्रमा हङकङको स्थायी परिचयपत्र बाहकलाई चिनियाँ जत्तिकै मतदान गर्ने तथा उम्मेदवार बन्न सक्ने अधिकार छ । लामो समयदेखि हङ्कङमा वसोवास गर्दै आएका ताप्लेजुङ सिम्लेका ६० वषिर्य लिम्बु सात वर्ष अघि स्थापना भएको प्रजातान्त्रिक पार्टी साउर्दन डेमोक्रेटिक पार्टीको स्थापना काल देखिनै पार्टी सदस्य रहदै आउनु भएको छ । source:onlinekhabar.com
0 comments
Write Down Your Responses