उजाड यो मरभुमीमा
उजाड यो मरभुमीमा किन रोप्छौ बोटहरु
त्यसै पनि घाईते म त किन दिन्छौ चोटहरु
बिना अर्थ आज म त यसै पनि मरेको छु
जिन्दगि नै यस्तै रहेछ किन लायौ खोट हरु
तिमि जस्तो निस्ठुरी म पनि त बन्न सक्थे
तिम्रै जित को लागि मैले फेरी दिए भोटहरु
सबै ठाउँ मा सम्मानित छौ सँधै सँधै यस्तै हुनु
उपहार दिन्छु तिमीलाई हजारौ को कोटहरू
************************
Banita Sharma
Kathmandu Nepal
0 comments
Write Down Your Responses