फाइबर टुटेपछि संचारसेवा अबरुद्ध


इ तनहुँ संवाददाता
तनहुँ चैत्र २७
नेपाल टेलिकमको फाइबर टुटेपछि तनहुँका अधिकांश भाग सहित कास्कीको शिशुवा र गोरखाको मनकामना आसपासका क्षेत्रमा संचार सेवा अबरुद्ध भएको छ । फाइबरको तार चुड्दाँ नेपाल टेलिकमले प्रदान गर्ने पि्रपेड/पोष्टपेड मोबाइल स्काई/सिडिएमए फोन सहित ल्याण्लाइन फोन र एडिएसएल सेवा अबरुद्ध बनेको छ । 
आइतबार बेलुकी ५ बजेबाट अबरुद्ध भएको संचार सेवा हालसम्म पनि सुचारु भएको छैनन् । कास्कीको शिशुवामा जमिन भित्रको अप्टिकल फाइबर काटिएपछि संचारसेवा अबरुद्ध बनेको टेलिकम तनहुँले जनाएको छ । 

0 comments

Write Down Your Responses