तराईका सशस्त्र गुण्डालाई सेनामा सामेल गराउने षडयन्त्र भएको वैद्य पक्षको आरोप
भक्तबहादुर शाही
दैलख, असोज १३
माओवादी वैद्य समूहले यो सरकारले तराईका सशस्त्र गुण्डालाई नेपाली सेनामा भर्ती गराउने षडयन्त्र भइरहेको आरोप लगाएको छ। यस्त गुण्डा भारतद्वारा पालितपोषित भएको आरोप पनि उनीहरुले लगाएका छन्। उनीहरुले चक्काजामसमेत गरेका छन्।
मधेसी मोर्चासँगको चार बुँदे सहमति खारेज, रक्षा मन्त्रीलाई बर्खास्ती र माथिल्लो कर्णाली परियोजना बन्द गर्न माग राख्दै माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य पक्षधरका नेता/कार्यकर्ताले जारी राखेका आन्दोलन कार्यक्रमका वक्ताले यस्तो आरोप लगाएका हुन।
भेरी कर्णाली राज्य समिति सदस्य गजेन्द्र घर्तीले भारतद्वारा पालनपोषित सशस्त्र समूहका गुण्डालाई नेपाली सेनामा भर्ती गराउने षडयन्त्र भइरहेको आरोप लगाएका हुन। उनीहरुले शुक्रबार एक घण्टा चक्काजामसमेत गरे।
चार बुँदे सहमतिकै आधारमा रक्षा मन्त्री शरतसिंह भण्डारीले विखण्डनवादी अभिव्यक्ति दिएको नेवा राज्य समितिका सदस्यसमेत रहेका विसीले बताए। रक्षा मन्त्रीको अभिव्यक्ति राष्ट्र टुक्राउने मनसायले अभिप्रेरित छ- उनले भने।
वैद्य पक्षले सदरमुकामका साथै इलाका र गाउँ तहमा पनि भेला, प्रशिक्षण, अन्तर्क्रिया सञ्चालन गरिरहेका छन्। भेलालाई भेरी कर्णाली राज्यसमितिका सचिव कृष्णप्रसाद धमला, अखिल नेपाल शिक्षक सङ्गठनका महासचिव लालबहादुर बिसी, जिल्ला समितिका सह–सेक्रेटरी विनयलगायतले प्रशिक्षण दिएका छन्।

0 comments
Write Down Your Responses