माओवादी भ्रष्टाचारी पार्टी हो–एमाले नेता अधिकारी
इ तनहुँ संवाददाता
तनहुँ, माघ १०
नेकपा एमालेका पोलिट्व्युरो सदस्य एवं गण्डकी अञ्चल इन्चार्ज खगराज अधिकारीले माओवादी भ्रष्टाचारी पार्टी भएको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल तनहुँले मंगलबार दमौलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अधिकारीले लडाकुको नाममा आएको करोडौं रकम माओवादीले लडाकुलाई नदिई आफ्नो खातामा जम्मा गरेर राज्यकोषको रकम दुरुपयोग गरेको बताए । जनताले तिरेको करबाट माओवादीले लडाकुको नाममा रकम दुरुपयोग गरेको अधिकारीको भनाई थियो ।
देशको राजनीति अत्यन्त तरल अवस्थामा रहेको बताउँदै अधिकारीले माओवादीले कथित जनसत्ताको नाममा द्वन्द्वकालमा कब्जा गरेका घर जग्गाहरुलाई वैधानिकता दिने निर्णय गरेर आफ्नो अधिनायकवादी तथा निरकुंश चरित्र सार्वजनिक गरेको बताए । कथित जनसत्तालाई वैधानिकता दिलाउने माओवादीको प्रयास एमालेले कुनै पनि हालतमा सफल हुन नदिने पनि नेता अधिकारीले ठोकुवा गरे ।
चिनिया प्रधानमन्त्री वेन जियावाओको गोप्य रुपमा भएको नेपाल भ्रमणले नेपालको सुरक्षा स्थिति अत्यन्तै कमजोर रहेको विश्वमा प्रचार भएको नेता अधिकारीको कथन थियो । सरकारले आफ्नो मुख्य कार्यभार भनेर प्रचार गरेको शान्ति र संविधानको कुनै पनि कार्यभार पूरा गर्न नसकेको हुँदा सरकार असफल भएको अधिकारीको भनाई थियो । राष्ट्रिय राजनीतिमा एमालेको भूमिका महत्वपूर्ण र बागडोर एमालेको हातमा आएको भन्दै पार्टीभित्रको आन्तरिक एकताले त्यसलाई झन् महत्व दिएको एमाले नेता अधिकारीले बताए ।
२ वर्ष अघि देखी नै आफू पार्टीभित्र एकता गर्न लागिपरेको भन्दै नेता अधिकारीले त्यसैको प्रतिफल स्वरुप अहिले आएर आन्तरिक एकताले मूर्तरुप लिएको बताए । सो कार्यक्रममा एमाले तनहँुका उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।
प्रेस चौतारी तनहुँका अध्यक्ष प्रकाशचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न सो पत्रकार सम्मेलनको सञ्चालन कोषाध्यक्ष कृष्ण न्यौपानेले, स्वागत उपाध्यक्ष नारायण खड्काले र धन्यवाद सचिव तेजप्रसाद वाग्लेले गरेका थिए ।
1 comments
Write Down Your Responses
October 22, 2014 at 8:10 PM
रो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com: