मोवाइलबाट राँगो डुलाउँदै तुलमान
इ तनहुँ संवाददाता
तनहुँ, २९ पुष
पहिला–पहिला भैसीलाई राँगो लगाउन परे घरमै खोज्न जानुपर्ने बाध्यता थियो । तर सञ्चारको विकासक्रमसँगै मोवाइलको बढ्दो प्रयोगले अब भने त्यो बाध्यता रहेन । आजकाल कृषकले मोवाइलबाट राँगो मगाउने चलन आइसकेको छ ।
तनहुँको मनपाङ गाविस वरिपरिका कृषक आफूले पालेको भैसीलाई राँगो लगाउन परे तुलमान श्रेष्ठलाई मोवाइलमा फोन गर्छन् । मोवाइलमा फोन आउने बित्तिकै श्रेष्ठ पनि आफूले पालेको राँगो लिएर पुगिहाल्छन् । ‘मैले राँगो पालेको सबैलाई थाहा छ,’ बिहीबार राँगो लिएर हिँड्दै गर्दा भेटिएका उनले भने, ‘मोवाइलमा फोन गरेर राँगो मगाउँछन् ।’
श्रेष्ठले दशैंमा खैरेनीटारबाट २८ हजार रुपैयाँमा राँगो किनेर ल्याएका थिए । राँगो लगाएर उनले २० हजार जति आम्दानी गरिसकेको बताए । राँगो लगाउँदा प्रति भैसीको ६ सय सम्म लिने गरेको उनले बताए । मनपाङ–२, बगालेफाँट निवासी श्रेष्ठको मुख्य पेशा भनेको कृषि हो । ‘घरमा तरकारी खेती समेत गरेको छु,’ उनले भने, ‘जेनेतेने गुजारा चलिरहेकै छ ।’ राँगो लगाउन थर्पु, खैरेनीटार, छाङका कृषकहरुले आफूलाई फोन गर्ने उनले बताए । उक्त क्षेत्रमा करिब १५० भैसी पालक कृषक रहेका छन् ।
तनहुँ, २९ पुष
![]() |
आफूले पालेको राँगोसँग तुलमान श्रेष्ठ |

1 comments
Write Down Your Responses
January 14, 2012 at 10:16 PM
nice post...