बुद्धिचाल तनहुँको अध्यक्षमा अधिकारी

इ तनहुँ संवाददाता
तनहुँ, माघ ११

जिल्ला बुद्धिचाल संघ तनहुँको अध्यक्षमा चन्द्रमोहन अधिकारी चयन भएका छन् । संघको बुधबार दमौलीमा सम्पन्न तेस्रो अधिवेशनबाट अधिकारी अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका हुन् । अधिवेशनबाट उपाध्यक्षमा रुद्रकुमार श्रेष्ठ र भरत पोख्रेल, सचिवमा संगम सापकोटा, कोषाध्यक्षमा मदन गिरी र सदस्यहरुमा पवित्रा वाग्ले, कस्मी श्रेष्ठ, विजेन्द्र श्रेष्ठ, चिजकुमार श्रेष्ठ रहेका छन् ।
यसअघि अधिवेशनको नेपाल बुद्धिचाल संघका केन्द्रीय अध्यक्ष राजेश हरि जोशीले उद्घाटन गरेका थिए । निर्वाचित कार्यसमितिमा थप ४ जना मध्ये कार्यसमिति र जिल्ला खेलकुद विकास समितिले २/२ जना सदस्य मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष अधिकारीले जानकारी दिए ।
यसैबीच काठमाडौंमा हुने आगामी अधिवेशनमा तनहुँबाट रेटेड खेलाडी तथा अध्यक्ष चन्द्रमोहन अधिकारी र सदस्य विजेन्द्र श्रेष्ठलाई केन्द्रीय प्रतिनिधिमा पठाउने निर्णय गरिएको सचिव संगम सापकोटाले बताए ।

1 comments

रो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

Write Down Your Responses