पर्यटन वर्षमा सोचे जस्तो भएनन बन्दिपुरमा पर्यटक
कृष्ण न्यौपाने
तनहुँ, माघ १
पर्यटन वर्ष २०११ मा ३ लाख पर्यटकले बन्दिपुरको भ्रमण गर्ने लक्ष्य राखेपनि एक लाख पर्यटकले मात्र तनहुँको पर्यटकीय एवं ऐतिहासिक नगरी बन्दिपुरको भ्रमण गरेका छन् । पर्यटन वर्षमा ४० हजार विदेशी सहित ६० हजार स्वदेशी पर्यटकले बन्दिपुरको भ्रमण गरेको बन्दिपुर पर्यटन विकास समितिले जनाएको छ ।
केही आन्तरिक पर्यटक स– परिवार घुम्न आउने गरे पनि बन्दिपुरमा विदेशी पर्यटकहरुकै चाप बढि रहने हिल वेय क्याफेका सञ्चालक रोशन क्षेत्रीले बताए । वर्षायाम र प्रष्ट हिमाल खुल्ने समयमा बन्दिपुरका झण्डै ५० होटल र लज पर्यटकले भरिभराउ हुने गर्छन् । पर्यटकको चाप बढ्न थालेपछि बन्दिपुरका विभिन्न टोलका स्थानीय बासिन्दाले समेत होमस्टे संचालन गरेका छन् ।
बन्दिपुरको भ्रमण गर्न आउने अधिकांश पर्यटकका लागि बन्दिपुरको नेवारी कलात्मक घर, मनोरम हिमाल, रामकोट गाउँ, दक्षिण एसियाकै ठूलो दाबी गरिएको सिद्ध गुफा पर्यटकको गन्तव्यको प्रमुख स्थल रहेको बन्दिपुर सूचना केन्द्रकी सुमना थापाले बताइन् ।
‘बन्दिपुर आउने पर्यटकले रामकोटको घुमाउने घर र सिद्धगुफाको बारेमा बढि जानकारी लिन्छन् ।’ उनले भनिन, ‘नेवारी सस्कृति र रितिरिवाज पनि पर्यटकको आकर्षण बनेको छ ।’
पुराना नेवारी घरहरुसंगै बन्दिपुरमा प्राकृतिक सौन्दर्य समेत अनुभव गर्न पाइने भएकाले हिमश्रृखला खुल्ने समयमा स्वदेशीसंगै बिदेशी पर्यटकको ओइरो लाग्ने गरेको होटल द वोल्ड इनका म्यानेजर रामशरण श्रेष्ठले बताए । ‘बन्दिपुर बजारका बाटो ढुङ्गाले छापेर सवारी साधन निषेध गरिएको छ,’ उनले भने, ‘हिमाल खुल्ने समयमा बन्दिपुरमा पर्यटकको भिड बढ्छ ।’ बन्दिपुरबाट माछापुच्छे, अन्नपूर्ण, धवलागिरी, लमजुङ लगायतका हिमाल आखै अगाडी देखिन्छ । बन्दिपुरका आकर्षक बस्तीबाट समेत पर्यटकहरु रमाउने गरेको उनले बताए ।
सूचना केन्द्रले पर्यटकका लागि गाइडको व्यवस्था गरेपछि बन्दिपुर घुम्न आउने पर्यटकलाई सजिलो भएको समितिका अध्यक्ष बामदेव भट्टराईले बताए । ‘पर्यटकले चाहेको खण्डमा केन्द्रले नै गाइडको व्यवस्था गरिदिन्छौ,’ उनले भने, ‘यसबाट स्थानीय युवाले समेत रोजगारी पाएका छन् ।’
बन्दिपुरमै बास बस्ने गरी आउने पर्यटकको संख्यामा कमी आएपनि घुम्न आउने पर्यटक भने बढेको भट्टराईले बताए । बन्दिपुरमा यतिबेला समेत दैनिक डेढ सय पर्यटक घुम्न आउने गरेको केन्द्रले जनाएको छ । बन्दिपुर पर्यटन विकास समितिले पर्यटन वर्षमा ३ लाख पर्यटक भित्रिने लक्ष्य राखेको थियो ।
1 comments
Write Down Your Responses
October 22, 2014 at 7:53 PM
रो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com: