ब्राम्हण समाजद्वारा आन्दोलनका कार्यक्रम घोषणा
इ तनहुँ संवाददाता
तनहुँ, १२ वैशाख
ब्राम्हण समाज नेपालले विभिन्न माग राख्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
जातीय आधारमा राज्यको पुर्नसंरचना हुननहुने, ब्राम्हण लगायत अन्यमा पारिएकालाई आदिवासीमा सूचीकृत गर्नुपर्ने, जातीय आधारमा आरक्षण तुरुन्त खारेज गर्नुपर्ने, आधारभूत आवश्यकता ग्यारेण्टी सहित जाति निरपेक्ष देश बनाइनुपर्ने र राष्ट्रिय महत्वका संवेदनशील समस्या जनमतद्वारा समाधान गरिनुपर्ने लगायतका माग राख्दै ब्राम्हण समाजले वैशाख १२ गतेदेखि २२ गतेसम्म चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
कार्यक्रम अनुसार वैशाख १२ गते देशका ७५ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा ३ घण्टा धर्ना दिई सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत् राष्ट्रपति, प्रधानमन्त्री र संविधानसभाका अध्यक्षलाई ज्ञापनपत्र बुझाउने, १३ र १६ गते सबै जिल्लाका प्रमुख शहरहरुमा जुलुस तथा कोणसभा गर्ने, १७ गते पश्चिमाञ्चल, १८ गते मध्यपश्चिमाञ्चल, १९ गते सुदुरपश्चिमाञ्चल, २० गते पूर्वाञ्चल, २१ गते मकवानपुर, चितवन, धादिङ्ग, नुवाकोट, सिन्धुपाल्चोक र काभ्रे र २२ गते नेपाल बन्द गर्ने कार्यक्रम रहेको छ ।
आदिमकालदेखि सँगसँगै मिलेर सय भन्दा बढि जातका नेपालीलाई फुटाएर सदियौदेखि जोगाई राखेको जातीय सद्भाव र राष्ट्रिय अखण्डता समाप्त पार्ने षड्यन्त्रहरु भइरहेको ब्राम्हण समाज नेपाल तनहुँले सोमबार जारी विज्ञप्तीमा जनाइएको छ । समाजका अध्यक्ष डा. लक्ष्मीकान्त चापागाइँ र सचिव कृष्णचन्द्र पाण्डेद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तीमा दुई वर्षदेखि विभिन्न पार्टी र सरकारसँग मागको विषयलाई लिई वार्ता र शान्तिपूर्ण आन्दोलन गर्दै आएपनि फोस्रो आश्वासन बाहेक मागको मूर्त सम्बोधन नभएकाले आन्दोलनको विकल्प नभएको जनाइएको छ ।
ब्राम्हण समाजको आन्दोलनलाई क्षेत्री, ठकुरी, रानाभाट र दशनामी समाजको समेत ऐक्यबद्धता रहेको जनाइएको छ ।

0 comments
Write Down Your Responses