पत्रकार महासंघको भवन निर्माणलाई सहयोग
इ तनहुँ संवाददाता
तनहुँ, १२ वैशाख
तनहुँ, १२ वैशाख
घाँसीकुवा गाविस–७ देउराली स्थायी घर भई हाल अष्ट्रेलियाको सिड्नी सहरमा
बस्दै आएका सागर लोहनीले नेपाल पत्रकार महासंघको भवन निर्माणको लागि १४
हजार ३ सय ३६ रुपैयाँ सहयोग गरेका छन् । लोहनीले नेपाल पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष एवं भवन निर्माण समितिका आर्थिक संयोजक प्रदीप काफ्ले मार्फत सो रकम प्रदान गरेका हुन् ।
संयोजक काफ्लेले सो रकम मंगलबार नै पत्रकार महासंघ तनहँुका अध्यक्ष एवं भवन निर्माण समितिका संयोजक प्रेमप्रसाद पौडेललाई हस्तान्तरण गरे । लोहनीले सो रकम वेष्र्टन युनियन मनि ट्रान्सफर मार्फत मंगलबार नै प्रदान गरेका थिए ।
विदेशमा बस्ने तनहुँवासीहरुले पत्रकार महासंघ तनहुँको भवन निर्माणको लागि सहयोग गर्नु अत्यन्तै सकारात्मक भएको महासंघ तनहुँका अध्यक्ष पौडेलले बताए । आर्थिक समितिका संयोजक काफ्लेले पनि यो सहयोग अत्यन्तै सरहानीय भएको भन्दै विश्वका विभिन्न भागमा बस्ने तनहुँवासीहरुलाई भवन निर्माणमा सहयोग गर्न आह्वान गरिने बताए । महासंघको भवन निर्माणको लागि हालसम्म ५ लाख ४४ लाख रुपैयाँ संकलन भइसकेको महासंघ अध्यक्ष पौडेलले जानकारी दिए ।

0 comments
Write Down Your Responses