संविधान निर्माणको लागि साहित्कारहरुको खबरदारी

इ तनहुँ संवाददाता
तनहुँ, ९ वैशाख
 
    साहित्यकर्मीले तोकिएकै समयमा संविधान निर्माण गर्न नेताहरुलाई आग्रह गरेका छन् । नववर्र्ष २०६९ को अवसरमा गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले शनिवार दमौलीमा आयोजना गरेको कार्यक्रममा जिल्लाका ६० जना साहित्यकारले रचना मार्फत यस्तो आग्रह गरेका हुन् ।
    उनीहरुले कविता, मुक्तक, हाईकु, गजल गीतको माध्यमबाट दलका नेता र सभासद्हरुलाई तोकिएकै समयमा संविधान निर्माण गर्न खवरदारी गरेका थिए ।
    कार्यक्रममा साहित्यकारहरु काशीनाथ न्यौपाने, सागर उदाश, सुशील प्रसाद वाग्ले, डा.लक्ष्मीकान्त चापागार्इँ, अञ्जु दाहाल, संगम सापकोटा, श्रीराम कार्की, विश्वप्रकाश भुषाल, उपेन्द्र खनाल लगायतले राजनीतिक अस्थिरताले गर्दा नागरिकले पाएका दुख कष्ट, दण्डहीनता अराजकता, भ्रष्टाचार हत्या हिंसा आतंक अपहरण लुट आदि विकृतिप्रति ब्यंग्य गरेका थिए ।

0 comments

Write Down Your Responses