प्रेस स्वतन्त्रता दिवसमा प्रभातफेरी

इ तनहुँ संवाददाता
तनहुँ, २१ वैशाख
 
  • भवन निर्माण स्थलमा होडिङ बोर्ड
  •  
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ तनहुँको आयोजनामा बिहीबार दमौलीमा प्रभातफेरी निकालिएको छ । ¥यालीमा अग्रज पत्रकार, महासंघका पूर्व तथा वर्तमान पदाधिकारी, विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मी सहभागी थिए । दमौलीको प्रशासनचोकबाट सुरु भएको ¥यालीले दमौली बजारका विभिन्न भागको परिक्रमा गरी पत्रकार महासंघ तनहुँको भवन निर्माण स्थलमा पुगेर सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै पत्रकार महासंघ तनहुँका अध्यक्ष प्रेमप्रसाद पौडेलले देशमा लोकतन्त्र स्थापना भईसकेपछि पनि पत्रकारहरु स्वतन्त्र पूर्वक काम गर्ने वातावरण नभएको बताए । उनले प्रेस स्वतन्त्रताको विÈय सम्झौता विहीन विÈय भएको बताए । कुनै पनि बहानामा प्रेस माथिको कानुनी बन्देज स्वीकार्य हुन नसक्ने उल्लेख गरे । उनले श्रमजीवी पत्रकारका समस्या गम्भीर विÈय भएको भन्दै यसतर्फ सम्बन्धित निकायले चासो दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा महासंघका पूर्व सभापति एवं अग्रज पत्रकार विश्वबन्धु भण्डारी, नेपाल प्रेस युनियनका अध्यक्ष डम्बर अधिकारी, प्रेस चौतारी नेपालका अध्यक्ष प्रकाशचन्द्र भट्टराई, क्रान्तिकारी पत्रकार संघका पूर्व संयोजक रामबहादुर घले, पत्रकार महासंघका उपाध्यक्ष एस.बि.नेपाली, सचिव ओमकार आचार्य लगायतले मन्तव्य राखेका थिए ।
    सन् १९९१ मा युनेस्कोको महासभाले मे ३ लाई विश्व पे्रस स्वतन्त्रता दिवसको रुपमा मनाउन सिफारिस गरे अनुसार मे ३ का दिन विश्व पे्रस स्वतन्त्रता दिवस मनाउन सुरु गरिएको हो । समाचार लेखेकै कारण सञ्चारकर्मी असुरक्षित हुनुपर्ने तथा दोषीमाथि कारवबाही नहुने परिस्थितिबाट नेपाली सञ्चार गुज्रिरहेको छ ।
भवन निर्माण स्थलमा होडिङ बोर्ड
    नेपाल पत्रकार महासंघ तनहुँले व्यास नपा–२ मा स्थित जिल्ला विकास समितिले उपलब्ध गराएको जग्गामा नक्सा सहितको होडिङ बोर्ड गाडिएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर महासंघले होर्डिङ बोर्ड गाडेको हो ।

    पत्रकार महासंघको भवन निर्माणका लागि विभिन्न संघसंस्था तथा व्यक्तिले सहयोग गर्ने क्रम जारी छ । भवन निर्माणको लागि बुधबार मात्रै व्यास नपा–२ दमौलीमा रहेको व्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २० हजार र व्यास नपा–११ निवासी श्याम मौरातीले १५ हजार १ सय रुपैयाँ सहयोग गरेका थिए ।
    त्यस्तै घाँसीकुवा गाविस–७ देउराली स्थायी घर भई हाल अष्ट्रेलियाको सिड्नी सहरमा बस्दै आएका सागर लोहनीले महासंघको भवन निर्माणको लागि १४ हजार ३ सय ३६ रुपैयाँ, बन्दिपुरका पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठ, नागरिक सचेतना सञ्जाल तनहुँले पनि १०÷१० हजार रुपैयाँ सहयोग गरिसकेको छ ।

0 comments

Write Down Your Responses