करदाता सेवा कार्यालय उद्घाटन
इ तनहुँ संवाददाता
तनहुँ, ११ वैशाख
आन्तरिक राजस्व कार्यालय पोखराले तनहुँमा करदाता सेवा कार्यालय स्थापना गरेको छ । तनहुँ सहित गोरखा, लमजुङ र मनाङका व्यापारीलाई समेट्ने गरी तनहुँमा करदाता सेवा कार्यालय स्थापना गरिएको हो ।
करदाता सेवा कार्यालयको आइतबार आन्तरिक राजस्व विभागका महानिर्देशक टंकमणि शर्माले उद्घाटन गरे । कार्यक्रममा बोल्दै उनले लगानी वर्È २०१२÷१३ लाई सफल बनाउन पनि व्यवसायीले खुसीराजीले कर तिर्नुपर्ने बताए ।
व्यवसायीले आफैं करको दायरा तोक्ने अवस्था सिर्जना हुन सकेमा लगानी वर्ष सफल हुने उनको भनाई थियो । कर तिर्ने वातावरण बनाउनका लागि कर शिÔा, कर सेवा र चुक्ताको बारेमा व्यवसायीलाई जानकारी गराउने कार्यक्रम पहिलो चरणमा ल्याइने बताए । उनले घरको कम्प्युटरबाटै कर तिर्ने वातावरण बनाउन राज्यले प्रविधि विकास गरिसकेको समेत जानकारी दिए ।
तनहुँका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पौडेलले तनहुँमा करदाता कार्यालय स्थापना भएपछि व्यवसायीलाई सहज हुने बताए । तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष देवकुमार श्रेष्ठले तनहुँमा करदाता सेवा कार्यालय स्थापना भएपछि व्यवसायी कर तिर्न पोखरा धाउनुपर्ने बाध्यताबाट मुक्त हुने बताए । ‘व्यवसायीहरु कर तिर्न रकम खर्चेर पोखरा जानुपर्ने बाध्यता थियो, अब सजिलो हुने भयो,’ उनले भने ।

0 comments
Write Down Your Responses