दुलेगौंडा खुला दिसामुक्त गाविस घोषणा (फोटो फिचर)
इ तनहुँ संवाददाता
तनहुँ, १४ वैशाख
तनहुँको दुलेगौंडा गाविसलाई खुला दिसामुक्त घोषणा गरिएको छ । गाविसमा रहेका २ हजार ८ सय १७ घरधुरीमा शौचालय निर्माण भएपछि दुलेगौंडालाई खुला दिसामुक्त घोषणा गरिएको हो । गाविसमा खुला दिसामुक्त अभियानको क्रममा ६ सय २३ र अभियानपूर्व २ हजार १ सय ९४ घरधुरीमा शौचालय निर्माण भएको थियो । गाविसमा शौचालय निर्माण गर्न ११ लाख ६६ हजार ७ सय रुपैयाँ खर्च भएको छ ।
‘दुलेगौंडा गाविसको रहर, सफा राखौं गाउँ शहर’ भन्ने नाराका साथ बिहीबार दुलेगौंडा गाविस कार्यालयमा आयोजित एक कार्यक्रममा पश्चिम नेपाल ग्रामीण खानेपानी सरसफाई आयोजनाका राष्ट्रिय परियोजना प्रमुख शंकरप्रसाद पण्डितले गाविसलाई खुला दिसामुक्त घोषणा गरे ।
गाविस सचिव नारायण प्रसाद वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्राविधिक कार्यालयका प्रमुख जिल्ला इन्जिनियर सोमराज तिमिल्सिना, नेपाली कांग्रेसका सचिव बालकृष्ण घिमिरे, एकीकृत नेकपा माओवादीका जिल्ला सदस्य मुक्ति सिग्देल, एमालेका जिल्ला सदस्य देवलाल खनाल, नेकपा संयुक्तका लोकनाथ आचार्य, राष्ट्रिय जनमुक्ति पार्टीका नरबहादुर थापा, राप्रपाका रामकुमारी भुषाल, माओवादीका बुद्धिसागर रिमाल, नेपाली कांग्रेसका गोपीबहादुर गुरुङ, एमालेका धनेश्वर श्रेष्ठ, जिविसका आलेप अधिकृत सुनिल पाण्डे, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका इन्जिनियर चिरञ्जीवि सेढाईँ, गाविस महासंघका अध्यक्ष भक्तबहादुर रिमाल, गाविस सचिव हकहित संरक्षण मञ्च तनहुँका अध्यक्ष बुद्धिमान श्रेष्ठ, नमुना युवा क्लवका अध्यक्ष त्रिलोचन लम्साल लगायतले खुला दिसामुक्त घोषणालाई कार्यान्वयनमा ल्याउनुपर्नेमा जोडदिए ।
कार्यक्रमको सञ्चालन पशु सेवा उपशाखाका होमराज तिमिल्सिनाले गरेका थिए । कार्यक्रममा विभिन्न जातजातिका झाँकी समेत प्रदर्शनी गरिएको थियो ।
‘तनहुँको प्रतिबद्धता सरसफाईमा पूर्णता’ भन्ने मूल नाराका साथ २०६९ असार मसान्तसम्ममा जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न जिविस लागिपरेको छ । दुलेगौंडा खुला दिसामुक्त घोषणा हुने ३० औं गाविस हो । यसअघि २९ गाविस खुला दिसामुक्त घोषणा भैसकेका छन् ।
यसैबीच वैशाख २० गते ढोरफिर्दी, वैशाख २७ गते तनहुँसुर र भीमाद, ३१ गते रिसिङरानीपोखरी गाविसलाई खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम रहेको छ । ढोरफिर्दी गाविसमा २ हजार ७ सय ९८ घरधुरीमा अभियानका क्रममा १ हजार ३ सय १८ र अभियानपूर्व १ हजार ४ सय ८० घरधुरीमा शौचालय निर्माण भएको छ ।
तनहुँसुर गाविसमा ६ सय ८६ घरधुरीमा अभियानका क्रममा ४ सय ११ र अभियानपूर्व २ सय ७५ घरधुरीमा शौचालय निर्माण भएको छ । त्यस्तै भीमादमा १ हजार ३ सय ३३ घरधुरीमा अभियानका क्रममा ३ सय ६३ र अभियानपूर्व ९ सय ७० घरधुरीमा शौचालय बनेको छ । त्यस्तै रिसिङरानीपोखरी गाविसमा ८ सय २८ घरधुरीमा अभियानका क्रममा ५ सय ४४ र अभियानपूर्व २ सय ८४ घरधुरीमा शौचालय बनेको जिविसले जनाएको छ ।
तनहुँ, १४ वैशाख
| तस्बिरहरु : प्रेमप्रसाद पौडेल |
तनहुँको दुलेगौंडा गाविसलाई खुला दिसामुक्त घोषणा गरिएको छ । गाविसमा रहेका २ हजार ८ सय १७ घरधुरीमा शौचालय निर्माण भएपछि दुलेगौंडालाई खुला दिसामुक्त घोषणा गरिएको हो । गाविसमा खुला दिसामुक्त अभियानको क्रममा ६ सय २३ र अभियानपूर्व २ हजार १ सय ९४ घरधुरीमा शौचालय निर्माण भएको थियो । गाविसमा शौचालय निर्माण गर्न ११ लाख ६६ हजार ७ सय रुपैयाँ खर्च भएको छ ।
‘दुलेगौंडा गाविसको रहर, सफा राखौं गाउँ शहर’ भन्ने नाराका साथ बिहीबार दुलेगौंडा गाविस कार्यालयमा आयोजित एक कार्यक्रममा पश्चिम नेपाल ग्रामीण खानेपानी सरसफाई आयोजनाका राष्ट्रिय परियोजना प्रमुख शंकरप्रसाद पण्डितले गाविसलाई खुला दिसामुक्त घोषणा गरे ।
गाविस सचिव नारायण प्रसाद वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्राविधिक कार्यालयका प्रमुख जिल्ला इन्जिनियर सोमराज तिमिल्सिना, नेपाली कांग्रेसका सचिव बालकृष्ण घिमिरे, एकीकृत नेकपा माओवादीका जिल्ला सदस्य मुक्ति सिग्देल, एमालेका जिल्ला सदस्य देवलाल खनाल, नेकपा संयुक्तका लोकनाथ आचार्य, राष्ट्रिय जनमुक्ति पार्टीका नरबहादुर थापा, राप्रपाका रामकुमारी भुषाल, माओवादीका बुद्धिसागर रिमाल, नेपाली कांग्रेसका गोपीबहादुर गुरुङ, एमालेका धनेश्वर श्रेष्ठ, जिविसका आलेप अधिकृत सुनिल पाण्डे, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका इन्जिनियर चिरञ्जीवि सेढाईँ, गाविस महासंघका अध्यक्ष भक्तबहादुर रिमाल, गाविस सचिव हकहित संरक्षण मञ्च तनहुँका अध्यक्ष बुद्धिमान श्रेष्ठ, नमुना युवा क्लवका अध्यक्ष त्रिलोचन लम्साल लगायतले खुला दिसामुक्त घोषणालाई कार्यान्वयनमा ल्याउनुपर्नेमा जोडदिए ।कार्यक्रमको सञ्चालन पशु सेवा उपशाखाका होमराज तिमिल्सिनाले गरेका थिए । कार्यक्रममा विभिन्न जातजातिका झाँकी समेत प्रदर्शनी गरिएको थियो ।
‘तनहुँको प्रतिबद्धता सरसफाईमा पूर्णता’ भन्ने मूल नाराका साथ २०६९ असार मसान्तसम्ममा जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न जिविस लागिपरेको छ । दुलेगौंडा खुला दिसामुक्त घोषणा हुने ३० औं गाविस हो । यसअघि २९ गाविस खुला दिसामुक्त घोषणा भैसकेका छन् ।
यसैबीच वैशाख २० गते ढोरफिर्दी, वैशाख २७ गते तनहुँसुर र भीमाद, ३१ गते रिसिङरानीपोखरी गाविसलाई खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम रहेको छ । ढोरफिर्दी गाविसमा २ हजार ७ सय ९८ घरधुरीमा अभियानका क्रममा १ हजार ३ सय १८ र अभियानपूर्व १ हजार ४ सय ८० घरधुरीमा शौचालय निर्माण भएको छ ।
तनहुँसुर गाविसमा ६ सय ८६ घरधुरीमा अभियानका क्रममा ४ सय ११ र अभियानपूर्व २ सय ७५ घरधुरीमा शौचालय निर्माण भएको छ । त्यस्तै भीमादमा १ हजार ३ सय ३३ घरधुरीमा अभियानका क्रममा ३ सय ६३ र अभियानपूर्व ९ सय ७० घरधुरीमा शौचालय बनेको छ । त्यस्तै रिसिङरानीपोखरी गाविसमा ८ सय २८ घरधुरीमा अभियानका क्रममा ५ सय ४४ र अभियानपूर्व २ सय ८४ घरधुरीमा शौचालय बनेको जिविसले जनाएको छ ।
.png)













0 comments
Write Down Your Responses