हावाहुरीले ५० लाख बराबरको क्षति (फोटो फिचर)
इ तनहुँ संवाददाता
तनहुँ, १० वैशाख
शनिबार आएको हावाहुरीले तनहुँको भानु गाविसमा रहेको होमराज लोहनी शारदा शिक्षा सदन उच्च माध्यमिक विद्यालयको ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ । शनिबार भीषण हावाहुरीसँगै आएको वर्षाले विद्यालयको भवन तथा अन्य भौतिक सामग्रीहरु गरी ५० लाख रुपैयाँ बराबरको क्षति भएको विद्यालयले जनाएको छ ।
हावाहुरीबाट २० वटा कम्प्युटर, १ वटा स्क्यनार, १ फोटोकपी मेसिन, विज्ञान प्रयोगशाला, पुस्तकालय, शौचालय, कार्यालय कोठा लगायतमा क्षति पु¥याएको विद्यालयका प्रधानाध्यापक शिवजी पाण्डेले बताए । हावाहुरीले २ वटा शौचालय, कार्यालय र प्रयोगशाला, ४ वटा कक्षाकोठाको टिन उडाएको उनले बताए । वर्षाले पुस्तकालयमा रहेको १४०० पुस्तक समेत नष्ट भएको उनले बताए ।
विद्यालयमा भएको क्षतिको विवरण सहित विद्यालयले पुर्ननिर्माणको लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा कार्यालय, जिल्ला विकास समिति, जिल्ला रेडक्रस लगायत अन्य संघसंस्थामा सहयोगको लागि निवेदन समेत दिएको छ ।
तनहुँ, १० वैशाख
![]() |
हावाहुरीले क्षति पु¥याएको विद्यालयको भवन |

0 comments
Write Down Your Responses