अपाङ्गता सवाल रेडियो कार्यक्रम प्रसारण हुने

इ तनहुँ संवाददाता
तनहुँ, १३ वैशाख
 
अपाङ्गता भएका व्यक्तिहरुको अधिकार र विकासको लागि स्थापित रिसेडले अपाङ्गता अधिकार र सचेतना अभिवृद्घि गर्ने उद्देश्यले रेडियो कार्यक्रम प्रसारण गर्ने भएको छ । अपाङ्गता भएका व्यक्तिहरुद्धारा स्थापना भएको संस्था रिसेडले अपाङ्गता अधिकार र सचेतना अभिवृद्घि गर्ने उद्देश्यले आफै अपाङ्गता सवाल रेडियो कार्यक्रम उत्पादन गरी तनहुँ जिल्लाका मादीसेती, दमौली, रेडियो भानुभक्त र रेडियो तनहुसँगको सहकार्यमा साप्ताहिक रुपमा ३० मिनेट समय अवधिको कार्यक्रम प्रसारण गर्न लागेको हो ।
रेडियो कार्यक्रमको हालै प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पौडेलले रेडियो कार्यक्रमको धुन बजाएर उद्घाटन गरे । अपाङ्गता सवाल रेडियो कार्यक्रमले तनहुँ जिल्लाभरका अपाङ्गता भएका व्यक्ति, तिनका परिवार तथा सर्वसाधारण र सरोकारवालाहरुलाई प्रत्यक्ष प्रभाव पार्ने रिसेडका अध्यक्ष प्रकाश पन्थले बताए ।

0 comments

Write Down Your Responses