अभियानका बारेमा पर्यटनमन्त्रीलाई जानकारी

इ तनहुँ संवाददाता 
दमौली, माघ २८


फोटो पत्रकार महासंघ नेपाल तनहुँले सञ्चालन गरेको ‘तस्बिरमा तनहुँ’ अभियानको बारेमा पर्यटनमन्त्री लोकेन्द्र विष्टलाई जानकारी गराइएको छ । फोटो पत्रकार महासंघ तनहुँका अध्यक्ष नारायण खड्काले शनिबार पर्यटनमन्त्री विष्टलाई अभियानको बारेमा जानकारी गराएका हुन् ।
    तनहुँ जिल्लाभित्र प्रचारप्रसारको अभावमा पछाडि परेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, साहित्यिक तथा पर्यटकीय सम्भावना बोकेका स्थान तथा सम्पदाहरुको तस्विरका माध्यमद्वारा प्रचारप्रसार गर्ने उद्देश्यका साथ सञ्चालित अभियानको बारेमा जानकारी गराउँदै खड्काले अभियानमा सरकारको तर्फबाट सहयोग गर्न माग समेत गरे ।
    मन्त्री विष्टले पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि फोटो पत्रकार महासंघ तनहुँले सञ्चालन गरेको अभियान सकरात्मक रहेको भन्दै आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
    अभियान अन्र्तगत तनहुँ जिल्लाका ४६ वटै गाउँ विकास समितिका ४ सय १४ वटा वडा र व्यास नगरपालिकाको ११ वटै वडाका कुना काप्चामा पुगेर त्यहाँ लुकेर, प्रचार प्रसारको अभावमा लोपको संघारमा पुगेका एवं पछाडी परेका जातजाति, विभिन्न समुदाय, धार्मिक स्थल, पर्यटकीय सम्भाव्यता एवं ऐतिहासिक स्थल तथा त्यस ठाउँका कला, संस्कृति, सम्भाव्यतालाई तस्विरको माध्यमबाट उजागर गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको अभियानको प्रधानमन्त्री डा. बाबुराम भट्टराईद्वारा तस्विर खिचाएर पुस २२ गतेबाट शुभारम्भ गरिसकिएको छ ।

0 comments

Write Down Your Responses