वि.पि. स्मृति भवन निर्माणका लागि आर्थिक संकलन सहित वडा भेला सम्पन्न

इ तनहुँ संवाददाता 
दमौली, माघ २८

    नेपाली कांग्रेस वडा नं. १० को वडा भेला शुक्रबार दमौलीमा सम्पन्न भएको छ ।     वडा सभापति विष्णुभक्त न्यौपानेको सभापतित्वमा सम्पन्न वडा भेलामा कांग्रेस जिल्ला सभापति ध्रुव वाग्ले, जिविस तनहुँका पूर्व सभापति एवं कांग्रेस महासमिति सदस्य रामचन्द्र पोख्रेल, कांग्रेस जिल्ला सदस्य एवं वि.पि.स्मृति भवन निर्माण समितिका सचिवद्वय अशोककुमार श्रेष्ठ र शान्तिरमण वाग्ले, भवन निर्माण आर्थिक संकलन समितिका संयोजक एवं पूर्व नगरप्रमुख ताराप्रसाद श्रेष्ठ, नगर सभापति रामचन्द्र बस्नेत, महाधिवेशन प्रतिनिधि पवित्रा पौडेल, नेपाल उद्योग वाणिञ्य महासंघका पूर्व केन्द्रीय सदस्य वृषराज श्रेष्ठ, तनहुँ उद्योग वाणिञ्ज्य संघका महासचिव पविन्द्रकुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
    कार्यक्रममा वि.पि.स्मृति भवन निर्माणको लागि आर्थिक संकलन समेत गरिएको थियो । वि.पि.स्मृति भवन निर्माणका लागि वृषराज श्रेष्ठले १ लाख ३१ हजार १ सय ३१, शंकरलाल राजभण्डारीले ३५ हजार ५ सय १, नारायणप्रसाद रिजालले २५ हजार ५ सय ५५, गुरुकुमार श्रेष्ठले २५ हजार ५ सय ५१, भक्तलाल बतासले २५ हजार २ सय २२, कृष्णबहादुर पन्तले ११ हजार १ सय ११, भेगराम परियारले १० हजार ५ सय ५५, रमेशकुमार÷अञ्जु श्रेष्ठले १० हजार १०, भरत बतासले ५ हजार १ सय, बाबुराम पुरीले ५ हजार ५५, सु. खड्गबहादुर आलेले ५ हजार, पृथ्वीमान÷गंगा श्रेष्ठले १ हजार १ सय ५५ रुपैयाँ प्रदान गरेका थिए ।         नगर सभापति रामचन्द्र बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन राजकुमार श्रेष्ठले गरेका थिए ।

0 comments

Write Down Your Responses