निःशुल्क स्वास्थ्य शिविर हुने
इ तनहुँ संवाददाता
दमौली, माघ २७
ग्रामीण उत्थान समाज तनहुँ र नेपाल स्वास्थ्यकर्मी युनियन तनहुँको संयुक्त आयोजनामा शनिबार राम्जाकोट–२, पिपलटारमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । जयदुर्गा माध्यमिक विद्यालयको प्राङ्गणमा हुने शिविरमा स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधी वितरण गरिने आयोजकले जनाएका छन् ।
शिविरमा परिवार नियोजनको अस्थायी साधन आइयुसिडि र नरप्लाण्ट सेवा पनि निःशुल्क उपलब्ध गराइने बताइएको छ ।

0 comments
Write Down Your Responses