जनसंविधान र दिगो शान्तिका लागि जागरण अभियान
इ तनहुँ संवाददाता
दमौली, माघ २७
सामना सांस्कृतिक परिवारको आयोजना र एकीकृत नेकपा माओवादी तनहुँको व्यवस्थापनमा आज दमौलीमा ‘जनसंविधान र दिगो शान्तिका लागि सामना राष्ट्रिय जागरण अभियान’ हुने भएको छ । जनसंविधान र दिगो शान्तिका लागि दबाब दिने उद्देश्यले सामनाले राष्ट्रिय जागरण अभियान थालेको हो ।
उत्तरशीला चलचित्र मन्दिर दमौलीमा दिउँसो ३ बजेदेखि हुने कार्यक्रममा कलाकारहरु माइला लामा, झङ्कार मगर, सुबोध गौतम, खुशीराम काफ्ले लगायतका राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने माओवादी तनहुँका सचिवालय सदस्य एवं नगर इन्चार्ज अतिन्द्रकेशरी न्यौपानेले बताए । करिब ७ सय जनाले अवलोकन गर्ने कार्यक्रमको १ हजार, ५ सय, २ सय र १ सय रुपैयाँ टिकट तोकिएको उनले बताए ।
देशका ७५ जिल्लामा सञ्चालन गरिने अभियान कास्की, पर्वत, म्याग्दी, बागलुङ, स्याङ्जा लगायतका स्थानमा सम्पन्न भइसकेको छ ।

0 comments
Write Down Your Responses